प्राइम लाइफको नाफा १४ करोड, ३३ प्रतिशतले वृद्धि

Advertisement

काठमाडौंः प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा खुद मुनाफा ३३ दशमलव ६४ प्रतिशतले बढाएर १४ करोड ३१ लाख पुर्याउन सफल भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १० करोड ७४ लाख रुपियाँ कमाएको थियो । कम्पनीले यस आर्थिक बर्षको पहिलो नौ महिनामा जीवन बीमा कोष पाँच अर्ब ९८ करोड र जगेडा कोष ९४ करोड ८२ लाख पुुर्याउन सफल भएको छ ।

चुक्ता पुँजी ६१ करोड दुई लाख रुपियाँ रहेको प्राइम लाइफले सञ्चालन मुनाफा ३२ दशमलव ५१ प्रतिशत वृद्धि गरेर २१ करोड ६४ लाख रुपियाँ पुर्याएको छ भने खर्च ३० दशमलव ४५ प्रतिशतले बढेर सात करोड ३२ लाख रुपियाँ पुगेको छ ।

कम्पनीको बीमाशुल्क खुद एक अर्ब ४५ करोड ५१ लाख रुपियाँ आर्जन गरेको छ भने दाबी भुक्तानी खुद १८ करोड ७८ लाख रुपियाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ३१ दशमलव २८ रुपियाँ, प्रतिशेयर नेटवर्थ २६९ दशमलव ३१ रुपियाँ र मूल्य आम्दानी अनुपात २० दशमलव ४३ गुणा रहेको छ ।

Advertisement

Advertisement

Advertisement