काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको परीक्षा तालिका सार्वजनिक गरेको छ ।
बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्थकर्ताको परीक्षा लिएर मात्र इजाजतपत्र दिने व्यवस्था भएकाले बीमा अभिकर्ताको अनलाइन परीक्षा सञ्चालन हुने प्राधिकरणले जनाएको छ ।
तालिम यही फागुन २० गते आइतबारदेखि बिहीबारसम्म दैनिक दुई सिफ्टमा सञ्चालन हुनेछ ।