अमेरिकी डलरको भाउ १०६ रुपियाँ पुग्यो, १४ महिना यताकै उच्च

Advertisement

काठमाडौंः पछिल्लो समयमा अमेरिकी डलरको मूल्य १४ महिना यताकै मंहगो भएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको अन्तर्राष्ट्रिय व्यापार नीति र आर्थिक नीतिले अमेरिकी अर्थतन्त्र बलियो भएपटि डलरको भाउ आकासिएको हो ।

हाल एक डलर बराबर एक सय छ रुपियाँ नेपाली रुपियाँ हुन्छ अर्थात एक डलर किन्नका लागि उक्त रुपियाँ खर्चिनु पर्छ । गएको सातादेखि डलरको भाउ मंहगीएको हो । तर, त्यसभन्दा पहिले एक डलर बराबर एक सय सात रुपियाँ हुन आउँथ्यो ।

अहिले डलरको भाउ गत वर्षको माघ महिनापछिकै सार्वधिक उच्च भएको छ । राष्ट्र बैंकका अनसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले कर्पोरेट इन्कम ट्याक्सलाई ३५ प्रतिशतबाट घटाएर ट्रम्पले २१ प्रतिशतमा झारेपछि लगानीकर्ता उत्साहित भएपछि अर्थतन्त्र बलियो हुन गई भाउ बढेको बताए ।

यस्तै भारतीय रुपियाँ पनि हाल डलरसँग कमजोर भएको छ । जसका कारण नेपाली रुपियाँ पनि कमजोर भएको छ ।

Advertisement

Advertisement

Advertisement