टुरिजम् मेगामा गाभिएर बन्यो तेस्रो ठूलो बाणिज्य बैंक, आजबाट संयुक्त कारोबार सुरु

Advertisement

काठमाडौंः लामो समयसम्मको प्रतिक्षा र अन्योलतापछि अन्ततः मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंक एक भएका छन् । दुवै बैंक गाभिएर आइतबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् । एक भएसँगै पुँजीका हिसावले तेस्रो ठूलो बाणिज्य बैंक बन्न सफल भएका छन् ।

दुई बर्षको बर्षको चर्चा सुरु भएको निकै समय भए पनि विभिन्न कारणले ढिलो हुँदा बजारमा यस प्रक्रियाप्रति नै आशंका सुरु हुन थालेको थियो । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले नयाँ बैंकको एकीकृत कारोबारको शुभारम्भ गरे । एकीकृत बैंकको नौ अर्ब २९ करोड पुगेको छ । गत बर्षको मुनाफाबाट बोनस सेयर र लिलामी हुन लागेको सेयरसमेत गरेर बैंकको पुँजी चाँडै नै साढे १० अर्ब पुग्ने सो बैंकका अध्यक्ष भोजबहादुर शाहले बताए ।

टुरिजम् डेभलपमेण्ट बैंकको १ कित्ता शेयर हुने शेयरधनीलाई गाभिए पछि मेगा बैंकको शुन्य दशमलव ९५ कित्ता शेयर प्रदान गर्ने गरी शेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) निर्धारण भएको छ । त्यस्तै, एकीकृत बैंकको निक्षेप ५७ अर्ब ५५ करोड रुपियाँ तथा कर्जा ५५ अर्ब ७० करोड कायम भएको छ । बैंक वाणिज्य बैंकहरुमा मेगाको निक्षेप २४औं र कर्जामा २२औं स्थान हो । यसअघि बैंकको स्थान क्रमशः २६औं र २७औं थियो ।

मेगा बैंकको यो दोस्रो मर्जर हो । यसअघि मेगा बैंकसँग बुटवल केन्द्रीय कार्यालय रहेको पश्चिमाञ्चल डेभलपमेन्ट बैंक गाभिएको थियो । टुरिजमको ३६ वटा शाखा थपिएपछि मेगाको शाखा संख्या ९१ पुगेको छ भने सञ्जाल ३२ जिल्लाबाट बढेर ४९ पुगेको छ । बैंकले यसै आर्थिक बर्षमा शाखा संख्या थप गरेर १०२ पुर्याउने पनि जनाएको छ । नयाँ बैंकको कर्मचारी संख्या ८८६ पुगेको छ ।

त्यस्तै, बैंकको एटिएम ७४ पुगेको छ । मुलुकभर एक हजार आठसय बढी मेगा रेमिट एजेण्ट रहेको यस बैंककका ५८ वटा शाखारहित केन्द्रहरु सञ्चालनमा रहेका छन् भने ६१ वटा केन्द्रहरु स्थापना गर्ने प्रक्रियामा रहेको जनाइएको छ । मर्जरपछि एक्सटेन्सन काउन्टरको संख्या आठ पुगेको र थप १२ वटा एक्सटेन्सन काउन्टर खोल्ने प्रक्रिया अघि बढाइएको सो बैंकले जनाएको छ ।

मेगा बैंकले आगामी बर्षका बर्षका लागि रणनीतिक योजना तयार पारेको भन्दै सातै प्रदेशमा प्रदेश मुख्यालय पनि स्थापना गरिने जानकारी दिएको छ । नेपालको बाणिज्य बैंकहरुमा पहिलो पटक महिना प्रमुख कार्यकारी अधिकृत (सिइओ) बन्न सफल मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले मर्जरको ५० प्रतिशत काम बल्ल सकिएको भन्दै दुवै संस्थाका कर्मचारीहरुको कल्चर र भावना एक भएपछि मात्रै पूर्णरुपमा मर्जर हुने बताइन ।

उनले पर्यटन क्षेत्रमा टुरिजम् डेभलपमेन्ट बैंकको राम्रो अनुभव रहेको भन्दै त्यसलाई कायम राख्दै ठमेललाई टुरिजम हब बनाउने बताइन । खुञ्जेलीले सरोकारवाला र जनताको विश्वास जित्दै मेगा बैंकलाई बलियो बनाएर अघि बढन प्रतिवद्धता पनि जनाइन ।

अध्यक्ष भोजबहादुर शाहले मेगा बैंक र टुरिजम्को मिलन बैंक तथा वित्तीय क्षेत्रमै कोशेढुङ्गा हुनेछ भन्दै कसैले चित्त दुखाउनुपर्ने अवस्था आफूहरुले आउन नदिने बताए । उनले आर्थिक सम्भावनाका नयाँ क्षेत्रहरु पहिल्याउँदै कृषि, पर्यटन र जलविद्युतको क्षेत्रमा लगानी बढाएर हलोदेखि हाइड्रोसम्मको नारालाई सफल बनाउने बताए ।

कार्यक्रममा साविकको टुरिजम डेभलपमेन्ट बैंकको अध्यक्ष रहेका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज पुष्पराज कँडेल, संयुक्त मर्जर समितिका संयोजक गोपाल खनालले पनि बोलेका थिए ।

Advertisement

Advertisement

Advertisement