वाणिज्य बैंकहरूको नाफा १३.४७ प्रतिशतले घटेर ४० अर्ब ६८ करोडमा खुम्चियो, कुनको कति ?

Advertisement

काठमाडौं । वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् । प्रकाशित विवरण हेर्दा वाणिज्य बैंकहरूको नाफा १३.४७ प्रतिशतले घटेको देखिएको छ ।

गत आवको सोही अवधिमा भने यस्तो नाफा ४७ अर्ब १ करोड ५२ लाख ९३ हजार रुपियाँ खुद नाफा कमाएका बैंकहरूले समीक्षा अवधिमा भने ४० अर्ब ६८ करोड ३० लाख ५२ हजार रुपियाँ कमाएका छन् । 

Advertisement

समीक्षा अवधिमा ७ वटा बैंकको खुद नाफा बढेको छ भने १३ वटा बैंकको नाफा घटेको छ । बैंकहरूको खराब कर्जा बढ्दा नाफा प्रभावित भएको वित्तीय विवरणले देखाएको छ । 

समीक्षा अवधिमा कृषि विकास बैंकको नाफा ९७.२२ प्रतिशतले बढेर २ अर्ब ५ करोड रुपियाँ पुगेको छ । त्यसैगरी, लक्ष्मी सनराइज बैंकको नाफा २७.७० प्रतिशत बढेर १ अर्ब ६१ करोड रुपियाँ पुगेको छ भने प्राइम बैंकको १६.६६ प्रतिशत बढेर २ अर्ब ८७ करोड रुपियाँ, सिद्धार्थ बैंकको १३.०१ प्रतिशत बढेर १ अर्ब ६८ करोड रुपियाँ पुगेको छ ।

कुन बैंकले कति कमाए ? (रु. हजारमा) 

undefined

यता हिमालयन बैंकको नाफा १२.०३ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगाको ७.५२ प्रतिशत एभरेष्ट बैंकको ५.७७ प्रतिशत नाफा बढेको छ । 

सिटिजन्स बैंकको १.९९ प्रतिशत घटेर १ अर्ब २१ करोड रुपियाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ६.२४ प्रतिशत घटेर २ अर्ब ४४ करोड रुपियाँ, प्रभु बैंकको ७.२७ प्रतिशत घटेर १ अर्ब ८१ करोड रुपियाँ, नबिल बैंकको ८.७५ प्रतिशत घटेर ४ अर्ब ६६ करोड रुपियाँ र सानिमा बैंकको १५.९० प्रतिशत घटेर १ अर्ब ४३ करोड रुपियाँ खुद नाफा गरेका छन् ।

एनएमबिको नाफा १६.४३ प्रतिशतले घटेर २ अर्ब २४ करोड रुपियाँ कायम भएको छ । त्यस्तै,  कुमारी बैंकको १९.११ प्रतिशतले घटेर १ अर्ब ५ करोड रुपियाँ, नेपाल एसबिआई बैंकको ३५.४४ प्रतिशतले घटेर १ अर्ब १६ करोड रुपियाँ, माछापुच्छ्रे बैंकको ३६.७२ प्रतिशत घटेर ८५ करोड ५४ लाख रुपियाँ, एनआईसी एशिया बैंकको ५३.३० प्रतिशतले घटेर १ अर्ब ९१ करोड रुपियाँ, नेपाल बैंकको ९२.६७ प्रतिशत घटेर १ अर्ब ३० करोड रुपियाँ नाफा गरेका हुन् ।

माथि उल्लिखित वाणिज्य बैंकहरूमध्ये सर्वाधिक नाफा घट्नेमा नेपाल बैंक र सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ । 

Advertisement