नेपालसँग उर्जा विकास साझेदारीका साथै जलविद्युत र प्रसारणलाइनका छ आयोजना बनाउन चीन इच्छुक

Advertisement

काठमाडौंः चीनका लागि नेपाली राजदूत लालीमणि पौड्यालले नेपालमा जलविद्युत र प्रसारणलाइनका तीन/तीन आयोजनाहरु ब्नाउन इच्छुक रहेको भन्दै आयोजना छनोट गरी पठाउन उर्जा तथा जलस्रोत मन्त्री बर्षमान पुनलाई आग्रह गरेका छन् ।

पुनसँग आइतबार भएको भेटमा पौड्यालले चीन नेपालमा जलविद्युत र प्रसारणलाइनका छ वटा आयोजनामा सहयोग गर्न इच्छुक रहेको बताएका हुन् । चीन नेपालको जलविद्युत तथा प्रसारणलाइन निर्माणमा सहकार्य गर्न निकै उत्सुक रहेको पौड्यालको भनाई छ ।

यसैगरी, नेपाल र चीनबीच अन्तरदेशीय प्रसारणलाइन निर्माण, ऊर्जा विकास समन्वय (इनर्जी को–अपरेसन) लगायतका विषयमा छलफल भएको थियो । मन्त्री पुनले इनर्जी को–अपरेसनमा नेपाल सकारात्मक रहेको भन्दै त्यसको लागी आवश्यक तयारी गर्न राजदूत पौड्याललाई आग्रह गरे ।

चीनले पछिल्लो एक दशकमा एक लाख मेगावाट विद्युत उत्पादन गरेकाले यसबाट नेपालले प्रविधि तथा सीप भित्र्याउन सक्ने राजदूत पौड्यालको भनाइ थियो । मन्त्री पुनले चीनलाई बनाउन दिने आयोजना छनौटको लागी छलफल चलिरहेको बताए ।

नेपाल र चीनबीच गल्छी–रसुवागढी–केरुङ ४ सय केभी अन्तरदेशीय प्रसारणलाइन निर्माण गर्ने सहमति भइसकेको छ । यसबारे नेपाल विद्युत प्राधिकरणले नेपालतर्फको सम्भाव्यता अध्ययन पनि पूरा गरेको छ ।

Advertisement

Advertisement

Advertisement