यी हुन् विश्वकपको उपाधि जित्ने सम्भावित छ टोली, ब्राजिल र जर्मनी सबैभन्दा बलियो

Advertisement

एजेन्सीः रुसमा अबको १५ दिनपछि आयोजना हुने विश्वकप २०१८ को उपाधि कुन राष्ट्रले जित्ला ? विश्वकप आउन १५ दिन बाँकी रहँदा धेरैको ध्यान अहिलेदेखिनै रुस र विश्वकप खेल्ने ३२ राष्ट्रमा गएको छ ।

विश्वभर विश्वकप जित्ने राष्ट्रको अनुमान गर्न थालिइसकेको छ । तर, विश्वकै उत्कृष्ट खेलाडीहरुको जम्घट र एक सय एक उत्कृष्ट राष्ट्रहरुको सहभागीता हुने भएकाले अहिलेनै विश्वकप जित्ने टोलीको अनुमान लगाउनु छिटो हुन सक्छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्य र फुटबलका पण्डितहरुका अनुसार रुसको १६ सहरका १२ रंगशालामा हुने विश्वकप प्रतियोगिताको उपाधि जित्ने उच्च सम्भावना भएका छ राष्ट्रहरु यसप्रकार छन्ः

१) ब्राजिल
विश्वकै सार्वधिक महंगा खेलाडी नेइमारको टोली ब्राजिललाई विश्वकप २०१८ को उपाधि जित्ने उच्च सम्भावना भएको राष्ट्रको सबैभन्दा बलियो मानिएको छ । अहिलेसम्म आयोजना भएका विश्वकपका सबै संस्करणमा सहभागीता जनाउने एक मात्र टोली ब्राजिल हो ।

साथै, ब्राजिलले विश्वकपको उपाधि सार्वधिक ५ पटक उचालिसकेको छ । ब्राजिल युवा तथा विश्वका उत्कृष्ट खेलाडीहरुको साथमा यसपटकको उपाधि जित्दै नयाँ इतिहास रच्ने दाउमा छ ।

ब्राजिल सन् २०१४ मा घरमै भएको विश्वपको सेमफिाइनलमा जमर्नीसँग ७-१ गोलले पराजित हुँदै बाहिरिएको थियो । उत्कृष्ट लयमा रहेको ब्राजिलसँग विश्वकै उत्कृष्ट फरवार्ड नेइमार, ग्याब्रिएल जेसस, फिलिप कौटिन्हो,पाउलिन्होजस्ता खेलाडी छन् ।

यस्तै टोलीमा फर्नानडिन्हो, विलियन, मार्सेलो, थियागो सिल्भा, पेड्रो र फिलिपे लुइसजस्ता विश्वमा नाम चलेका खेलाडी रहनेछन् ।

२) जर्मनी
फुटबलको बादशाह विश्वकपको साविक विजेता हो । जर्मनीले २०१४ मा ब्राजिलमा भएको विश्वकपको उपाधि जितेसँगै हालसम्म ४ पटक विश्वकपको उपाधि उचाललसकेको छ । प्राविधिकरुपमा बलियो मानिएको जर्मनीलाई यसपटकको विश्वपको उपाधि दाबेदारमध्ये सबैभन्दा बलिायो मानिएको छ ।

विश्वकपमा जर्मनीसँग म्यानुयल नोया, जेरोम बोयटाङ, माथियस गिन्टर, जोनास हेक्टर, जुलियन ब्रान्ड्ट, समि खेडिरा, टोनी क्रुस, मेसुट ओजिलज्सता खेलाडी रहेका छन् । यस्तै लेरोय साने, निल्स पेटरसन, मारियो गोमेज, टिमो वेर्नर र थोमस मुलर छन् ।

३) अर्जेन्टिना
हालसम्म दुई पटक विश्वकपको उपाधि जितेको अर्जेन्टिना मेस्सीको साथमा विश्वकप जित्ने राष्ट्रको दाबेदार हो । अर्जेन्टिनासँग विश्वका उत्कृष्ट खेलाडी लिओनेल मेस्सी, सर्जियो अगुइरो, डि मारियाजस्ता उच्च सम्भावना भएको खेलाडीले विश्वकप जित्ने टोलीको दाबेदार बनाएका हुन् ।

टोलीसँग मेस्सी, अगुइरो, मारियासँगै पाउल डिबला, गोन्जालो हिगइन, सर्जियो रोमेरो, गाब्रिएल केर्काडो, निकोस ओकामेन्डीजस्तो उत्कृष्ट खेलाडी छन् ।

४) स्पेन
एक पटक मात्र विश्वकपको उपाधि उचालेको स्पेनलाई पनि विश्वकप २०१८ को उपाधि जित्ने टोलीकोरुपमा हेरिएको छ । हालसम्म १४ पटक विश्वकप खेलेको राष्ट्र स्पेन २०१० मा आयोजना भएको विश्वकपको च्याम्पियन हो ।

पछिल्लो केही समय यता स्पेनको टोली उत्कृष्ट लयमा फुटबल खेलीरहेको छ । युरोपको ठुला पाँच लिगमध्ये एक स्पेनको ला लिगा फुटबलको प्राविधिक पक्षले स्पेनलाई उपाधिको दाबेदारकोरुपमा प्रस्तुत गरेको हो ।

विश्वकपमा स्पेनसँग डेभिड दि गिया, सर्जियो रामोस, ड्यानी कार्जाभाल, जेरार्ड पिके, डेभिड सिल्भा, आन्दे्रस इनिएस्टाजस्ता खेलाडी छन् । यस्तै डिएगो कोष्टा, रोड्रिगो मोरिनो इयोगो पनि स्पेनको साथमा रहनेछन् ।

५) फ्रान्स
एक पटक मात्र विश्वकप जितेको फ्रान्सले सधै दमदार प्रदर्शन गर्दै आएको छ । हालसम्म १४ पटक विश्वकपमा सहभागीता जनाएको फ्रान्सले ५ पटक सेमिफाइनलको यात्रा तय गरेको छ ।

यस्तै दुई पटक फाइनल पनि खेलेको फ्रान्सले विश्वकप २०१८ जित्ने सम्भावना उच्च रहेको छ । यस्तै फिफाले सार्वजनिक गरेको विश्वकपको उपाधि जित्ने सम्भावित राष्ट्रमा पनि फ्रान्सलाई लिइएको छ ।

फ्रान्ससँग हाल विश्वकप खेल्ने टोलीमध्य सबैभन्दा उत्कृष्ट खेलाडीको सम्मिश्रण छ । साथै? पछिल्लो समयमा फ्रान्स विश्व फुटबलको उत्कृष्ट लयमा हिँडिरहेको छ । उसले विश्वकपमा प्रस्तुत गर्ने सबैभन्दा बलियो पक्ष डिफेन्स र मिडफिल्ड हो भने अग्रपंत्ति पनि बलियो रहेको छ ।

६) पोर्चुगल
क्रिस्टियानो रोनाल्डोको टोली पोर्चुगल आउँदो विश्वकपको उपाधि जित्ने सम्भावना भएको राष्ट्र हो । पोर्चुगलले अहिलेसम्म छ पटक विश्वकपमा सहभागीता जनाएको छ । पोर्चुगलले दुई पटक युरो कप फुटबलको उपाधि पनि उचालिसकेको छ ।

पोर्चुगलमा रोनाल्डोका साथै नानी, पेपे र रिकार्डो क्वारिस्मा जस्तो विश्वस्तरीय खेलाडीको उपस्थिति रहेको छ ।

Advertisement

Advertisement