एलआइसी नेपाललाई एसिया इन्स्योरेन्स अवार्ड

Advertisement

काठमाडौंः लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) ले इमर्जिङ्ग एसिया इन्स्योरेन्स अवार्ड २०१८ पाएको छ । एलआइसीले बेष्ट सर्भिस प्रोभाइडर इन लाइफ इन्स्योरेन्स अवार्ड, बेष्ट कस्टुमर ओरिएन्टेसन इन लाइफ इन्स्योरेन्स अवार्ड र बेष्ट ग्रोथ इन लाइफ इन्स्योरेन्स अवार्ड पाएको हो ।

जेष्ठ १४ मा थाइल्याण्डको बैंककमा भएको कार्यक्रममा एसिया महादेशका इन्स्योरेन्स कम्पनिहरुले भाग लिएका थिए । इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड कार्यक्रममा विभिन्न देशहरुको बीमा नियामक निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा थाइ इन्स्योरेन्स बोर्डका महासचिवले एलआईसी नेपालका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारलाई उक्त अवार्ड प्रदान गरे । एसिया महादेशकै सम्मानित अवार्ड लिंदै दस्तिदरले नेपालको बीमा यो अवार्ड तथा सम्मान पाउनु नेपालको बीमा उद्योगको लागि नै सम्मान र प्रतिष्ठाको विषय भएको बताए ।

Advertisement

Advertisement

Advertisement