औद्योगिकीकरणका लागि पर्याप्त कसरत भएनः घरेलु उद्योग महासंघ

Advertisement

काठमाडौंः घरेलु तथा साना उद्योग महासंघले बजेटले औद्योगिकीकरणका लागि पर्याप्त कसरत नगरे पनि बजेट सकरात्मक रहेको बताएको छ । आगामी आर्थिक वर्षका लागि मङ्गलबार पेश भएको बजेटमा औद्योगिकरणका लागि पर्याप्त कसरत गरिएको भएता पनि स्पष्ट सम्बोधन नभएको बताएको हो ।

नीति तथा कार्यक्रममा आधारित रहेको बजेटकोरुपमा आएकाले महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले चुनावमा जारी गरिएको घोषणा पत्रमार्फत सार्वजनिक गरिएको मुलुकलाई तीब्र आर्थिक विकासमा लैजान बजेटले सम्बोधन नगरेको बताए ।

महासंघले झण्डै दुई लाख लाख ९० हजारको हाराहारीमा रहेका घरेलु तथा साना उद्योगलाई स्तरोन्नती गरी मुलुकको आर्थिक बिकासमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने सम्भावनालाई सम्बोधन गर्न नसकेको बताएको छ ।

बजेटमार्फत लिइएको आठ प्रतिशत आर्थिक बृद्धि र थप पाँच लाख रोजगारी श्रृजना गर्ने लक्ष्य प्राप्त गर्न सम्भव नदेखिएको महासंघको भनाई छ । महासंघ यसै बजेट प्रतिक्रिया मार्फत नेपाल सरकारलाई उपयुक्त माद्रिक नीति मार्फत उत्पादनमुलक उद्योगलाई सम्बोधन गर्न आग्रह गरेको छ ।

कृषि उपजहरुको समर्थन मुल्य बालि लगाउनुभन्दा अगाडी नै तोकिने र सो मूल्यमा खरिद गर्ने, प्रदेशमा निजी र सहकारीको साझेदारीमा एक जडिबुटी प्रशोधन केन्द्र स्थापना, राष्ट्रपति महिला उत्थान कार्यक्रम विस्तार गरि विपन्न र पिछडिएका सबै महिलाहरुलाई सीप र उद्यमशीलता मार्फत काम र रोजगारीका अवसरमा पहुँच पु¥याउने कार्यक्रम विस्तारको व्यवस्था बजेटका सकारात्मक पक्ष रहेको महासंघले जनाएको छ ।

नविन ज्ञान सीप भएका उद्यमीका लागी शुरुवाती पूँजी उपलब्ध गराउन च्यालेन्ज फण्ड, विदेशबाट फर्केका युवाहरुको सीप प्रमाणिकरण गर्ने र व्यवसाय सञ्चालनका लागी परियोजनामा आधारित १० लाखसम्म ऋण उपलब्ध गराउने योजनालई पनि स्वागत गरेको छ ।

Advertisement

Advertisement

Advertisement