साताको अन्तिम दिन सेयर बजारमा सामान्य सुधार

Advertisement

काठमाडौंः साताको अन्तिम दिन विहीवार सेयर बजार नेप्सेमा सामान्य सुधार आएको छ । केहीदिन यता लगातार घटबढ भईरहेको नेप्से आज पाँच दशमलव २३ अंकले बढ्दै एक हजार २४७ दशमलव ३० अंक कायम भएको छ ।

विहीवार नेप्सेमा ३१ करोड ८२ लाख बराबरका नौ लाख कित्ता सेयर किनबेच भए । यस्तै बुधवार २० करोड रुपियाँ बराबरको कारोबार भएको थियो । आज सेयर बजारमा एकल अंकको सुधार आएपनि बीमा समूहमा गिरावट भएको छ ।

बीमा समूहमा ५ दशमलव ४७ अंकले गिरावट आएको हो । सबैभन्दा बढी उत्पादन समूहमा ४८ दशमलव ८७ अंकको वृद्धि आएको छ । साथै, जलविद्युत समूहमा २८ दशमलव ७१ अंकले, होटल समूहमा १९ दशमलव ४५ अंकले, लघुवित्त समूहमा १३ दशमलव ३७ अंकले वृद्धि भएको छ ।

यस्तै, वाणिज्य बैंक समूहमा दुई दशमलव ८८ अंकको सुधार देखिएको छ ।

Advertisement

Advertisement

Advertisement