विश्वकप फुटबलको उदघाटन खेलमा साउदी अरेबियालाई रसियाको ५ गोलको झड्का

Advertisement

काठमाडौंः विश्वकप फुटबलको पहिलो खेलअन्तर्गत बिहीबार भएको खेलमा रसिया (रुस)ले साउदी अरेबियालाई शुन्यका विरुछ पाँच गोल गरेको छ ।

रुसको गृहमैदानमा भएको खेलमा साउदी अरेबियाका खेलाडीहरुलाई रुसका अग्ला खेलाडीहरु भारी परेको थियो । खेलको १२औं मिनेटमा रुसका युरी गाजिन्स्काईले पहिलो गोल गरेका थिए । निर्धारित ९० मिनेटपछिको खेलमा दुई गोल थपेर रसियाले बलियो उपस्थिति संसारलाई देखाउन सफल भएको छ ।

रुसका डेनिस चेरिसेभले ४३औं र ९० मिनेटपछिको पहिलो मिनेटमा एक गोल गरेका थिए भने अर्टेम ड्युजाले ७१औं र अलेक्जेन्डर गोलोभिनले ९० मिनेटपछिको चौथो मिनेटमा पेनाल्टी एरिया बाहिरको फ्रि किकलाई गोलमा परिणत गर्न सफल भएका थिए ।

यस खेलसँगै रुसले तीन नम्बर जोड्न सफल भएको छ भने साउदी अरेबियाले नकआउट चरणमा प्रवेश गर्न अबको दुई खेलमा जित हासिल गर्नैपर्छ ।

Advertisement

Advertisement

Advertisement