खेतीयोग्य जमिन जोगाउन जग्गाको चक्लाबन्दी रोक्नुपरेको होः ओली

Advertisement

काठमाडौंः प्रधानमन्त्री केपी ओलीले खेतीयोग्य जमिनको सुरक्षाको लागि जमिन चिरा पारेर बेच्न नपाउने नीति सरकारले लिएको बताएका छन् ।

शुक्रवारदेखि सुरु भएको घरजग्गा मेला उदघाटनका क्रममा उनले जथाभावी चक्लाबन्दी गर्दै खेतीयोग्य जमिन नष्ट गर्ने काम भएकाले सरकारले यो नीति लिएको बताए ।

प्रधानमन्त्री ओलीले विभिन्न स्थानहरुमा व्यवस्थित सहर निर्माण गर्ने लक्ष्य लिएकाले राजधानीमा मात्र केन्द्रित नहुँन व्यवसायीलाई आग्रह गरे । उनले पुष्पलाल राजमार्गका दश स्थानमा नयाँ व्यवस्थित सहर बनाउने, धरान, बुटवल लुम्बिनी जस्ता स्थानमा विकसित सहर बनाउने योजना रहेकाले अब त्यसतर्फ ध्यान दिन व्यवसायीलाई आग्रह गरे ।

ओलीले व्यवसायीले राखेका उचित मागहरुलाई सरकारले सम्बोधन गर्ने बताए । उनले हाल नेपालमा सुपर जोन घोषणा गर्नलाई समेत जग्गाको अभाव हुनुमा प्लटिङ मुख्य कारण रहेकाले जथाभावी प्लटिङलाई रोक्ने निर्णय लिएको बताए ।

यस्तै, नेपालको बस्तिनै अव्यवस्थित रहेकाले पनि शिक्षा, स्वास्थ्य, सडक लगायतका विकासका पूर्वाधार निर्माण गर्न कठिन भएको बताए । अब नयाँ अवधारण अपनाउँदै सरकाले बस्ती निर्माणमा विशेष सहयोग गर्ने बताए ।

हालसम्म व्यवसायीले निर्माण गरेका आवास क्षेत्र उनीहरुलाई अनुकुल हुने क्षेत्रमा मात्र बनाइएको बताए । खेतीयोग्य र सम्मस्थान खोज्दै आवास बनाउँने प्रक्रिया रोक्दै सरकारसँग सल्लाह गरेर मात्र घर बनाउनुपर्ने बताए ।

साथै, ओलीले आवश्यक परेको खण्डमा संविधान संशोधन समेत गर्न सरकार तयार रहेको बताए । उनले देशलाई हित हुने खालका जस्तासुकै बुँदालाई संविधानमा समेट्न तयार रहेको बताए ।

Advertisement

Advertisement

Advertisement