सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने तयारीमा नयाँ कृषिमन्त्री, ‘फौजी तरिकाले काम गरौं’

Advertisement

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले २०८१–८२ भित्र वास्तविक किसानको पहिचान गरी किसान परिचय पत्र वितरण गर्ने बताएकी छन् । 

सोमवार मन्त्रालयमा आायेजित छलफलमा उनले किसानहरुको पहिचान गर्ने, जग्गा वर्गीकरण गर्ने भन्ने विषयमा मन्त्रालयले काम गरिरहेको बताइन् । साहले मन्त्रालय किसानहरुलाई पहिचान गरी किसान परिचय पत्र दिनेगरी लागिपरेको बताउँदै सबैजना एकाकार भएर फौजी तरिकाले काम गर्ने हो भने किसानको समस्या समाधान गर्न सकिने बताए । 

Advertisement

मन्त्री साहले भनिन, ‘हामी किसानहरुको पहिचान गर्ने, जग्गा वर्गीकरण गर्ने भन्ने विषयमा हामी दिनरात मेहनत गरिरहेका छौँ । हुनत म मन्त्रालय सम्हालेको २० दिन जति भयो । किसानहरुलाई पहिचानका लागि किसान परिचय पत्र दिनेगरी लागेका छौँ । कम्तिमा हामी यो ०८० चलिरहेको छ, २०८१–८२ भित्रमा किसानहरुलाई पहिचान गर्नेगरी परिचय पत्र पनि दिइसक्नुपर्छ । त्यो दिने वातावरण नीतिगत रुपबाट हामीले सबैजना सहमत हुनुपर्छ । सबैजना एकाकार भएर फौजी टाइपको काम गर्नुपर्छ ।’

उनले सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने तयारीमा आफू रहेको बताइन् । साहले सुन्तलालाई चाँडै नै मन्त्रिपरिषद्बाट पारित गर्न लागेको बताइन् । उनले भनिन, ‘सुन्तलाको हिसावले पनि म केही दिनमा मन्त्रीपरिषद्बाट पास गर्ने प्रक्रियामा पनि लागेको छु । किनकी नेपालमा सुन्तला मिठो फलको रुपमा पनि छ । त्यो फल खान पनि सजिलो छ । गाडीमा बस्दाखेरी पनि अब ५÷६ जना बसेपनि केलाएर खान सकिन्छ, काट्नलाई चक्कुहरु परेन । त्यो हिसावले राष्ट्रिय फलफूलको हिसावले लैजाने म आफ्नो ठाउँबाट प्रयत्न गर्दैछु । त्यो तुरुन्तै क्याबिनेटमा पास हुने जानकारी गराउन चाहन्छु ।’

मन्त्री ज्वालाले २ लाख हेक्टर बाँझो जग्गालाई प्रयोगमा ल्याउनसके कृषि उत्पादनमा वृद्धि ल्याउन सकिने बताइन् । 

Advertisement

Advertisement