विश्वकपमा आज हुने तीन खेलका सम्भावित विजेता टोली यी हुन्

Advertisement

काठमाडौंः रुसमा जारी रहेको विश्वकप २०१८ मा मंगलवार तीन खेल हुँदै छन् । आज कोलम्बिया र जापान, पोल्याण्ड र सेनेगल, आयोजक रुस र इजिप्टबीचको खेल हुने भएको हो ।

कोलम्बिया र जापान ५ः ५४ देखि, पोल्याण्ड र सेनेगल ८ः ४५ देखि, रुस र इजिप्ट ११ः ४५ देखि आपसमा भिड्ने छन् ।

कोलम्बिया, जापान, पोल्याण्ड र सेनेगलले प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्दैछन् भने आयोजक रुस र इजिप्ट दोस्रो खेल खेल्दैछन् । इरानबाहेक अन्य एसियन टोलीले पराजय भोगि रहेको अवस्थामा जापानलाई जित्न दबाव हुनेछ ।

यस्तै, बलियो अवस्थामा रहेको कोलम्बियालाई पनि प्रतियोगिताको पहिलो खेलमा जित्न दबाव हुनेछ । पोल्याण्ड र सेनेगल पनि जितको खोजिमा मैदान उत्रिँदै छन् । आयोजक रुस दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिने छ ।

इजिप्ट भने प्रतियोगितामा कमजोर टोली रुसविरुद्ध जित निकाल्दै दोस्रो खेल अविस्मरणिय बनाउने दाउमा हुनेछ । यसअघिको पहिलो खेलमा रुसले साउदी अरेबियालाई ५-० को फराकिलो जित निकालेको थियो ।

यस्तै, इजिप्ट भने उरुग्वेसँग १-० गोलले पराजित भएको थियो । जापानलाई कोलम्यिाले, सेनेगललाई पोल्याण्डले र रुसलाई इजिप्टले पराजित गर्न सक्ने सम्भावना धेरै रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

पोल्याण्डसँग लेवेन्डेस्कि जस्ता अन्तर्राष्ट्रिय स्तरका खेलाडी तथा इजिप्टसँग सलाहजस्ता उच्चस्तरीय खेलाडी रहेका छन् ।

Advertisement

Advertisement