विश्वकप फुटबलको उपाधि फेरि फ्रान्सलाई, उत्कृष्ट प्रदर्शनका बीच क्रोयसिया उपविजेतामा सीमित

Advertisement

काठमाडौँः विश्वकप फुटबलको २१औं संस्करणको उपाधि फेरि फ्रान्सले जित्न सफल भएको छ । फ्रान्स दोस्रो पटक उपाधि जित्न सफल भएको हो । यसअघि उसले १९९८ मा विश्वकप जितेको थियो ।

रुसको मस्कोमा आज राति भएको खेलमा फ्रान्सले ४–२ गोलअन्तरले क्रोयसियालाई पराजित गर्न सफल भएको हो । पहिलो हाफमा २ गोल गरेको फ्रान्सले दोस्रो हाफमा २ गोल थप्दै अग्रता ४–२ मा पुर्याएको हो । क्रोएसियाले पनि फ्रान्सविरुद्ध पहिलो र दोस्रो हाफमा १–१ गोल गर्न सफल भयो । क्रोयसियाको खेल फ्रान्सको भन्दा निकै उत्कृष्ट भए पनि गोल गर्न नसक्दा यस पटकको लागि उपविजेतामा सीमित हुन पुगेको हो ।

पहिलो पटक फाइनलमा पुग्दै नयाँ इतिहास बनाएको क्रोएसियाले फ्रान्सविरुद्ध पहिलो र दोस्रो हाफमा १–१ गोल गर्न सफल भए पनि विश्प ट्रफी चुम्ने उसको चाहना असफल भएको छ । खेलको १७ औँ मिनेटमा डी बक्स बाहिर पाएको फ्रि किक बललाई फ्रान्सले उपहारको उपमा प्राप्त गर्न सफल भएको थियो ।



फ्रान्सका लागि एन्टोइन ग्रिजमनले हानेको फ्रि किक बल क्रोएसियाका मारियो मान्जुकिजले बचाउन खोज्दा हेड हुँदै गोल हुन पुगेको थियो । त्यही गोल नै क्रोयसियाका लागि अशुभ हुन पुग्यो । त्यसपछि खेलको २८ औँ मिनेटमा गोल गर्दै क्रोएसिया बराबरीमा फर्कियो । क्रोयसियाका लुका मोर्डिचले हानेको फ्रि किक बललाई फ्रान्सको डि बक्सभित्र अल्मलिएको अवस्थामा इभान पेरिसिकले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।



त्यसपछि डि बक्सभित्र क्रोएसियाका खेलाडीले हेन्ड गरेपछि अर्जेन्टाइन रेफ्रीले भिडियो एसिस्टेन्स रेफ्रीको सहयोग लिँदै फ्रान्सलाई पेनाल्टी दिएका थिए । पेनाल्टीलाई गोलमा परिणत गर्दै पहिलो हाफमा फ्रान्सले २–१ ले अग्रता लियो ।



खेलको ५९ औँ मिनेटमा पल पोग्बाले क्रोयसियाविरुद्ध अर्को गोल थपे । पहिलो पटक हानेको बल डी एरियाबाट राम्ररी क्लियर नभएको अवस्थामा दोस्रो प्रहारमा पोग्बाले जाली चुमाउँदै अग्रता ३–१ बनाए ।

(SP)RUSSIA-MOSCOW-2018 WORLD CUP-FINAL-FRANCE VS CROATIAत्यसको ६ मिनेटपछि फ्रान्सेली स्ट्राइकर एम्बाप्पेले उत्कृष्ट गोल गर्दै अग्रता ४–१ मा पुर्याए । अन्तिममा क्रोयसियाका लागि मारियो मान्जुकिजले खेलको ६९ औँ मिनेटमा गोल गरे । फ्रान्सका किपर ह्युगो लोरिसले डी एरियाबाट बल क्लियर गर्न खोज्दा पुगेका मान्जुकिजल गोल गर्न सफल भएका थिए ।

france_world-cup-finalअहिलेसम्म फ्रान्सहित छ वटा देशले मात्रै विश्वकप ट्रफी जित्न सफल भएका छन् । जसमा सबैभन्दा बढि ब्राजिलले पाँच पटक विश्वकप जितेको छ । २१औं संस्करणको विश्वविजेता टिम फ्रान्ससहित उपविजेता, रेफ्रीहरुलाई रुसमा राष्ट्रपति भ्लादिमिर पुटिन, विश्व फुटबल महासंघ (फिफा)का अध्यक्ष, क्रोसियाकी राष्ट्रपतिले पदक प्रदान गर्दै बधाई दिएका थिए ।

Advertisement

Advertisement

Advertisement