प्राइम लाइफ इन्स्योरेन्सको नाफा २१ करोड ६३ लाख, ३६ प्रतिशतले बृद्धि

Advertisement

काठमाडौं। प्राइम लाइफ इन्स्योरेन्सको नाफा ३६ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले गत आर्थिक वर्षमा २१ करोड ६३ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ। बैंकको अघिल्लो वर्षको नाफ १५ करोड ८७ लाख रुपियाँ थियो।

कम्पनीले बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा दिएको उच्च व्याजदरको नाफा बढाउन सफल भएको देखिन्छ । कम्पनीले बैंक तथा वित्तय संस्थामा राखिएको निक्षेपबाट १८ करोड ८१ लाख रुपियाँ व्याज आम्दानी आर्जन गरेको छ। गतवर्ष यस्तो आम्दानी ५ करोड ५७ लाख रुपियाँ मात्रै थियो।

बीमा कम्पनीको नियमित आम्दानी अन्तर्गत पर्ने बीमा शुल्क आर्जन भने १६ प्रतिशतले मात्र बढेको छ। यस्तो आर्जन दुर्इ अर्ब ३७ करोड रुपियाँ रहेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी दुर्इ अर्ब ४ करोड रुपियाँ थियो।

यही अवधीमा कम्पनीले ४० करोड ५६ लाख रुपियाँ दाबी भूक्तानी गरेको छ। अघिल्लो वर्ष ३६ करोड १५ लाख रुपियाँको दाबी भुक्तानी गरेको थियो। कम्पनीले अझै ८१ लाख रुपियाँको दाबी भूक्तानी गर्न बाँकी छ।

बीमा समितिले दुर्इ अर्ब रुपैयाँ पूँजी पुर्याउन निर्देशन दिए सँगै कम्पनीले ४८ करोड ८१ लाख रुपैयाँको पूँजी एक अर्ब ७८ करोड रुपैयाँ पुर्याएको छ। कम्पनीको अघिल्लो आर्थिक बर्षको अन्त्य सम्ममा चुक्ता पूजी ४८ करोड ८१ लाख रुपियाँ रहेको थियो ।

Advertisement

Advertisement

Advertisement