बुद्ध धर्म र परम्पराविपरित लुम्बिनी विकास कोषमा सदस्य सचिव नियुक्ति गरियो– बज्राचार्य

Advertisement

काठमाडौंः सामाजिक संस्था हेल्प नेपालका अध्यक्ष सिंहराज ब्रजाचार्यले परम्परा मुल्य र मान्यताविपरित लुम्बिनि विकास कोषको सदस्य सचिव नियूक्ति गरेको भन्दै बिरोध जनाएका छन् ।

सोमबार पत्रकार सम्मेलन गरेर उनले सरकारले बुद्ध धर्म र मुल्य मान्यतालाई बेवास्ता गरि लुम्बिनि विकास कोषको सदस्य सचिवमा बहालवाला कर्मचारीलाई नियूक्ति गरेको भन्दै बज्राचार्यले आपत्ति जनाएका हुन् ।

बज्राचार्यले भने, ‘लुम्विनि विकास कोषको सदस्य सचिव भनेको जागिर होइन, सेवक हो । बौद्ध धर्मको रक्षा गर्ने र त्यसको विकास गर्ने रणनीति तयार पार्नसक्ने व्यक्ति हुनुपर्छ । तर, हाम्रो नेपालमा जुनसुकै विकास कोषहरुको सदस्य सचिव राजनीतिक कोटाबाट नियुक्ति हुने गर्छन् । काम गर्न सक्ने व्यक्तिलाई पठाइन्छ । तर, सरकारले लुम्बिनि विकास कोषमा केही दिन अगाडि एउटा सरकारी कर्मचारीलाई पठाएको छ । उहाँ बौद्ध धर्मको मानिस पनि हुनुहुन्न ।’

लुम्बिनी विकास कोषमा धेरै समस्याहरु रहेको सुनाउँदै उने थपे, ‘दिनमा चार हजारभन्दा बढि भक्तालुहरुले अवलोकन गर्ने बुद्धको जन्मभूमि लुम्विनिमा राम्रो बाटो छैन् । फोहोर ब्यवस्थापन छैन् । खानेपानी छैन् । हल छैन् । प्रधानमन्त्री केपी ओलीले आफ्नो पहिलो कार्यकालमा लुम्विनी विकास कोषको हाताभित्र पाँच हजार क्षमताको हल निर्माण गर्ने वचन दिनु भएको थियो । तर, उहाँ दोस्रो कार्यकालमा हुनुहुन्छ । त्यो आश्वासन पूरा भएको छैन् ।’

बौद्ध धर्मावालम्वीहरुले आफ्नो पूजापाठ गर्दा अत्यन्तै कष्ट व्यहोर्नु परेको बताउँदै ब्रजाचार्यले भने, ‘महिनौंसम्म मनाइने लामा भिक्षुहरुका पूजाहरु निक्कै कष्टमा मनाइएको पाईन्छ । सरकारले त्यसमा कुनै भूमिका खलेको पाइदैन । लुम्विनी विकास कोषको बारेमा सरकार गम्भीर भएको लाग्नुपर्छ । विश्वका मानिसहरुको आगमन हुने बुद्ध भूमिको सफा हुनुपर्छ । विकसित हुनुपर्छ । नजिकका होटेलहरुको सेवा गुणस्तरीय हुनुपर्छ ।’

उनले आफ्नो पनि सदस्य सचिव हुने इच्छा रहेको खुलासा गर्दै भने, ‘मेरो दाबी त थियो । तर, सरकारले अर्का व्यक्तिलाई नै पठायो । मेरो दाबीको बारेमा सु्नुवाई नगरिकन लुम्विनी विकास कोषमा दुई महिना बाँकी सेवा हुँदै गरेका बहालवाला प्रमुख जिल्ला अधिकारीलाई पठाएको छ । जुन कुरा कानूनसम्मत् छै्न । यसका बारेमा सरकारले पुर्नविचार गर्नुपर्छ ।’

Advertisement

Advertisement

Advertisement