एनआईसी एसिया बैंक र रिलायन्स लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

Advertisement

काठमाडौं । एनआईसी एसिया बैंक र रिलायन्स लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले दुई सय ३७ वटै शाखाहरुबाट सहज रुपमा रिलायन्स लाइफ इन्स्योरेन्सको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । सम्झौतापत्रमा बैंकका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले हरुताक्षर गरेका हुन् ।

बैंकले हाल मुलुकभरी दुई सय ३७ शाखा कार्यालयहरु, दुई सय ३० एटिएम, १४ वटा एक्स्टेन्सन काउन्टरका साथै १७ वटा शाखारहित बैंकिङ ईकाईमार्फत सेवा बैंकिङ प्रदान गर्दै आएको छ ।

बैंकको वासलातको आकार एक खर्ब ८१ अर्बभन्दा बढि पुगेको छ भने कुल निक्षेप एक खर्ब ५३ अर्ब रुपियाँ पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा करिब एक खर्ब २४ अर्ब सहित नजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ । हाल सम्म बैंकको कुल ग्राहक संख्या करिब १२ लाख १९ हजार रहेको बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement