शेयर कारोबारबाट वाणिज्य बैंकहरुले कमाए साढे चार अर्ब, कुन बैंकको कति ?

Advertisement

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक बर्ष २०८०–८१ को चैतसम्म शेयर खरीद बिक्री लगायतको कारोबारबाट चार अर्ब ४२ करोड २२ लाख ९१ हजार रुपियाँ आम्दानी गरेका छन् । 

उनीहरुले हालै सार्वजनिक गरेको तेस्रो त्रैमासिक प्रतिवेदनले यस्तो देखाएको हो । तथ्यांकअनुसार बैंकहरुको यस्तो आम्दानी ८.२५ प्रतिशतले बढेको छ । गत आवको चैत मसान्तसम्म्म बाणिज्य बैंकहरुको यस्तो आम्दानी चार अर्ब आठ करोड ५२ लाख रुपियाँ मात्रै थियो । 

Advertisement

बाणिज्य बैंकहरुले यस्तो आम्दानीलाई ‘नेट ट्रेडिङ इन्कम’ शीर्षकमा राख्ने गरेका छन् । यस्तो कारोबारबाट सबैभन्दा धेरै आम्दानी स्टाण्डर्ड चार्टर्ड बैंकले गरेको देखिन्छ । समीक्षा अवधीमा उक्त बैंकले ५० करोड २८ लाख ३६ हजार रुपियाँ आम्दानी गरेको छ भने दोस्रोमा ग्लोबल आईएमई बैंकले ४४ करोड सात लाख १८ हजार आम्दानी गरेको छ । तेस्रो स्थानमा रहेको सानिमा बैंकले ४२ करोड ७७ लाख ९२ हजार रुपियाँ आम्दानी गरेको छ । 

यस अवधीमा कृषि विकास बैंकले गरेको शेयर कारोबार भने घाटामा गएको छ । उक्त बैंकको नेट ट्रेडिङ इन्कम तीन करोड ८० लाख २८ हजार रुपियाँले ऋणात्मक छ । पछिल्लो समय नेपाली शेयर बजार स्थिर नै देखिन्छ । समय समयमा बढ्ने र घट्ने प्रवृत्ति पनि देखिन्छ । त्यस क्रममा बढेको बेलामा बाणिज्य बैंकहरुले नाफा कमाउन सफल भएका हुन् । 

undefined

Advertisement