अधिकांश विमानस्थलहरु घाटामा, राज्यलाई ठूलो नोक्सान

Advertisement

काठमाडौं । प्रभावशाली नेताहरुको जोडबलका कारण संचालनमा अएका अधिकांश आन्तरिक विमानस्थलहरुको कारण राज्यलाई ठूलो आर्थिक भार परेको तथ्य सार्वजनिक भएको छ ।

आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणले एक कार्यक्रमबिच सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेक कूल ५६ विमानस्थलहरुमध्य ७ वटा मात्रै नाफामा दिखिएका छन्  ।
उक्त तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा विमानस्थल, गौतमबुद्ध विमानस्थल, तेन्जिङ हिलारी विमानस्थल, भरतपुर विमानस्थल, सिमिकोट विमानस्थल र नेपालगन्ज विमानस्थलले मात्रै नाफा कमाउन सफल भएका छन् ।

त्यसमध्य त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मात्रै ५ अर्ब ८१ करोड रुपियाँ कमाएको छ । यो नै सञ्चालित विमानस्थलमध्ये सबैभन्दा बढी नाफा कमाउने विमानस्थल हो ।

जनकपुर विमानस्थले गत आवमा सबैभन्दा बढी घाटा भएको विमानस्थलमा नाम दर्ज गरेकोे छ । सो विमानस्थलले गत आवमा १ करोड ८० लाख बराबरको घाटा गरेको छ । विगतका वर्षमा सो विमानस्थलले नाफा कमाउँदै आएका थियो ।

धनगढी, सिमरा, सुर्खेत र विराटनगर विमानस्थलको घाटा पनि १ करोड भन्दा बढि रहेको छ । त्यसैगरि, जुम्ला, रुकुम, रुम्जाटार, थामखर्क र तुम्लिङटार विमानस्थल पनि घाटामा छन् ।

अर्कोतर्फ नेताहरुको चुनावी विमानस्थलको रुपमा सञ्चालनमा आएका विमानस्थलको अवस्था पनि उस्तै रहेको छ । बाग्लुङको बलेवा विमानस्थल, दाङको टरीगाउँ विमानस्थल, गुल्मीको रेसुङ्गा विमानस्थल र इलामको सुकिलुम्बा विमानस्थल त्यसका उदाहरण हुन् । यी सबै चुनावको बेला मतदाता आकर्षित गर्न नेताको पहलमा खोलिएका विमानस्थलहरु हुन् ।

Advertisement

Advertisement

Advertisement