केन्द्र सरकारको निर्णय नमान्ने भन्दै प्रदेश मन्त्रीले राष्ट्र बैंकमा ताला लगाए

Advertisement

जनकपुरधाम । प्रदेश सरकारले दिएको निर्देशन अटेर गरेको भन्दै २ नं. प्रदेशका मन्त्रीले राष्ट्र बैंकको क्षेत्रीय कार्यालयमा ताला लगाइदिएका छन् । यस प्रदेशले रक्षाबन्धनका अवसरमा आइतबारलाई विदा गर्ने निर्णय गरेको थियो ।

तर केन्द्रीय सरकारले जनैपूर्णिमाको बिदा कट्टा गरेअनुसार सरकारी कार्यालयहरु खुले पनि प्रदेश नं. २ मा भने कुनै पनि कार्यालयहरु खुल्न पाएनन् । विदा धेरै भएको भन्दै धेरै आलोचना भएपछि सरकारले यस बर्ष जनैपूर्णिमालगायतका केही विदाहरु कटौति गरेको थियो ।

दुई नम्बर प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले मुरली चोकस्थित राष्ट्र बैंकको क्षेत्रीय कार्यालयमा ताला लगाएर कार्यालय बन्द गरेका हुन् ।

उनी तालाबन्दी गरेपछि जिल्ला प्रशासन कार्यालय पुगेर कर्मचारीहरुलाई कार्यालय सञ्चालन नगर्न गर्न नदिन कडा निर्देशन दिए । जिल्ला प्रशासन कार्यालयलाई कार्यालय बन्द नगर्न माथिबाट निर्देशन दिइएको थियो ।

Advertisement

Advertisement

Advertisement