सेवा विस्तारमा आक्रामक बन्दै मुक्तिनाथ, ठमेलमा नयाँ शाखा, उपत्यकामा मात्रै १९ पुग्ने

Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंकले काठमाडौंको ठमेलमा नयाँ शाखा संचालनमा ल्याएको छ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले उक्त शाखाको उद्घाटन गरे।

उद्घाटन अवसरमा बोल्दै शिवाकोटीले मुक्तिनाथले उत्कृष्ट काम गर्दै आएको भन्दै ठमेल शाखाको प्रगतिको कामना गरे। कार्यक्रममा ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समिर गुरुङ्ग, नेपालमहिला सघंका क्षेत्रीय सभापती सावित्री राजभण्डारी लगायतले बैंकको सफलताकोलागि शुभकामना दिएका थिए।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकले लिएको समावेशी वित्तीय पहुँच विस्तारलाई जोड दिदै लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा केन्द्रित हुने बताए।

बैंकले हाल काठमाडौं उपत्यकाभित्र ठमेल लगायत महाराजगंज, कमलादी, सितापाइला, कुलेश्वर, लगनखेल, न्युरोड, नयाँबानेश्वर, चावहील, माछापोखरी, कोटेश्वर,जोरपाटीर भक्तपुरको कमलविनायक गरी १३ शाखाहरु संचालनमा ल्याईसकेको छ। बैंकले निकट भविश्यमानै कुपण्डोल, इमाडोल, भैसेपाटी, ठिमी, ढुङ्गेअड्डा र बत्तीसपुतलीमा पनि शाखा सञ्चालनको तयारीमा गरेको छ।

Advertisement

Advertisement

Advertisement