कमिशन नबढाए चाडपर्वमै पनि ग्यासको ढुवानी रोक्ने चेतावनी

Advertisement

काठमाडौं । चाडपर्वको मुखमा आएर ग्यास उद्योगीहरूले १० बुँदे माग अघि सार्दै माग पूरा नभए ढुवानी बन्द गर्ने चेतावनी दिएका छन् । नेपाल एलपी ग्यास उद्योग संघले आइतबार पत्रकार सम्मेलन गर्दै आफ्ना दश बुँदे माग अघि सारेका हो ।

डिजेलको मूल्य बढेकोले सो अनुसार आफूहरुको कमिशन बढाउनुपर्ने संघको भनाई छ । ढुवानी बन्द गर्ने पत्र भारतीय ढुवानी व्यवसायीले पठाएको भन्दै संघका अध्यक्ष गोकुल भण्डारीले उक्त पत्र पत्र मन्त्रालयमा पठाएको जनाएका छन् । आफूहरुले चार पाँच बर्षदेखि कमिशन बढाउनेपर्ने लगायतका मागहरु गर्दै आए पनि सुनुवाई नभएको भन्दै उनले यस पटक माग सम्बोधन नभए चाडपर्वमै पनि ढुवानी रोकिनसक्ने चेतावनी दिए ।

ग्यास उद्योगीहरुले सञ्चालन खर्च, ग्याँस बिक्रेता तथा वितरकहरुको यथार्थ कमिशन, स्थानीय ढुवानी भाडा, उद्योगको कार्यगत नोक्सानी, बिमा खर्च, उद्योगहरुको मुनाफा तथा बिक्रेता तथा वितरकहरूको लागतको उचित कमिशनको लागि संघको प्रतिनिधि समेत रहने गरी एक समिति गठन गर्ने र उक्त समितिले विस्तृत अध्ययन गरी सिफारिस गरे अनुसार प्रत्येक वर्ष कमिशन/खर्च समायोजन गर्नुपर्ने माग अघि सारेका छन् ।

त्यस्तै सिलिण्डर प्रतिस्थापन खर्चसम्बन्धी नियम कार्यान्वयन गर्न माग गर्दै उनीहरुले २०७४ साउन १ गतेदेखि लागू हुनेगरी सिलिण्डर प्रतिस्थापन खर्च वापत प्रति सिलिण्डर २० रुपियाँ कायम गर्ने निगम सञ्चालक समितिको निर्णय भएपनि सो रकम आफुले प्राप्त नगरेको बताए ।

Advertisement

Advertisement

Advertisement