आयल निगमले पेट्रोल, डिजल र मट्टितेलमा जम्मा ३–३ रुपियाँ मात्रै घटायो मूल्य

Advertisement

काठमाडौं । नेपाल आयल निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरी इन्धनको मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा भारी गिरावट आए पनि निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य नगन्य मूल्यमा मात्रै घटाएको छ । 

तीन वटै पेट्रोलियम पदार्थमा निले प्रतिलिटरमा ३ रुपियाँका दरले मूल्य घटाएको हो । अब पेट्रोल लिटरको १७५ तथा डिजेल र मट्टितेल लिटरको १७२ रुपियाँ पर्नेछ । 

Advertisement

यस्तै हवाई इन्धनको मूल्यमा भने भारी मूल्य घटाइएको छ । इन्धनको मूल्य महंगो भएकाले हवाई भाडा महंगो भएको भन्दै इन्धनको मूल्य घटाउन चौतर्फी दबाब बढेपछि निगमले आन्तरिकतर्फ प्रतिलिटर २० रुपियाँ र बाह्यतर्फ प्रतिकिलोलिटर २२५ डलर (करिब प्रतिलिटर ३० रुपियाँ) मूल्य घटाइएको छ । खाना पकाउने एलपी ग्यासको मुल्य भने हेरफेर भएको छैन । 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति व्यारेल झण्डै दुईसम्म पुगेकोमा अहिले घटेर ७३ दशमलव ७३ डलरमा आइपुगेको छ । 

Advertisement

Advertisement