म्यानपावर कम्पनीको धरौटी वृद्धिः ठूलालाई छ करोड, सानालाई तीन करोड

Advertisement

काठमाडौं । म्यानपावर कम्पनीले राख्नुपर्ने धरौटी छ करोड रुपियाँ पुर्याउने तयारी गर्दा चर्को विरोध खेपेको सरकारले कामदार पठाएको तथ्यांकअनुसार धरौटीको सीमा तोक्ने तयारी गरेको छ ।

सबै म्यानपावरले छ करोडको एकैखाले धरौटी राख्नुपर्ने व्यवस्थालाई संशोधन गर्दै सरकारले धरौटी रकमको सीमा दुईथरी राख्ने तयारी गरेको हो। विदेशमा धेरै कामदार पठाउने म्यानपावरको धरौटी धेरै र थोरै कामदार पठाउनेको कम गर्ने व्यवस्था मिलाउन सरकार लागेको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतका अनुसार नयाँ व्यवस्थामा वार्षिक पाँच हजार कामदार विदेश पठाउने म्यानपावर कम्पनीलाई छ करोड रुपियाँ धरौटी राख्नुपर्ने व्यवस्था गर्न लागिएको छ । यस्ता कम्पनीले दुई करोड रुपियाँ नगदै र बाँकी चार करोड बराबरको बैंक ग्यारेन्टी वा सम्पत्ति राख्नुपर्नेछ।

वार्षिक पाँच हजारभन्दा कम कामदार पठाउने कम्पनीलाई नगद एक करोड र दुई करोड रुपियाँ बराबरको बैंक ग्यारेन्टी वा सम्पत्ति राख्नुपर्ने व्यवस्था गरिएको छ।

यो हिसाबले एकखाले म्यानपावर कम्पनीलाई छ करोड र अर्को किसिमकोलाई तीन करोड धरौटी व्यवस्था गर्न लागिएको हो।
आजको नागरिक दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement