भारतमा अपार्टमेन्टको तीनतला माथिबाट हामफालेर बलात्कारीबाट जोगिइन नेपाली युवती

Advertisement

जयपुर । सामुहिक बलात्कारबाट जोगिने क्रममा यहाँको एक अपार्टमेन्टको तेस्रो तलाबाट शुक्रबार एक नेपाली युवतीले हामफालेकी छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार राजस्थानको जयपुरमा पर्ने मोहना क्षेत्रमा यो घटना भएको हो ।

राति बलात्कारको प्रयास भएपछि २३ बर्षीया नेपाली युवतीले झ्यालबाट हामफालेकी हुन । गम्भीर घाइते भएकी उनको उपचार भइरहेको र अहिले उनको अवस्था खतरामुक्त रहेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

हामफाल्दा युवती नग्न अवस्थामा रहेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । आफ्ना प्रेमीसँगै घुम्न आएकी उनलाई प्रेमीसँगै आएका अर्का युवकसमेत मिलेर दुई जनाले बलात्कारको प्रयास गरेको प्रहरीको भनाई छन् ।

प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा २१ बर्षीय लोकश सैनी र २४ बर्षीय सैनी हुन । बाँच्न सफल युवतीले दिएको बयानअनुसार दुई जना मिलेर आफूहरुलाई बलात्कार गर्न खोजेपछि भाग्न झ्यालबाट हामफालेको हुन ।

Advertisement

Advertisement

Advertisement