बलिउड इतिहासकै सबैभन्दा महँगो फिल्म ‘२.०’ अर्को हप्ता रिलिज हुँदै, यस्तो छ फिल्म

Advertisement

काठमाडौं । बलिउड फिल्म उद्योगको इतिहासमा हालसम्मकै सबैभन्दा बढी लगानीमा बनेको फिल्म २.० नोभेम्बर २९ (मंसिर १४ गते) बाट विश्वव्यापी रिलिज हुँदैछ । यो फिल्म केही वर्ष अघि सुपरहिट रजनीकान्त अभिनीत रोबोटको सिक्वेल हो । फिल्ममा रजनीकान्त र अक्षयकुमारको उत्कृष्ट अभिनय देख्न पाइने छ । यो फिल्म पाँच अर्ब ४४ करोड भारुमा निर्माण भएको हो । फिल्ममा बलिउडका फेमस नायक अक्षयकुमार ‘२.०’ नामक नकारात्मक भुमिकामा रहेका छन् । यो भुमिकाका लागि उनले ५२ कारोड भारु लिएका छन् । चलचित्रका निर्माता ए सुभासकरन र राजु महालिंगम हुन् । एस कंसकारले चलचित्रको निर्देशन गरेका छन् । चलचित्रमा ए आर रहमानले संगीत दिएका छन् ।

Advertisement

फिल्म २.०को सुरुमा ‘रोबोर्ट’ फिल्मको अन्तिमको भाग ‘चिट्टी’ लाई संग्रहालयमा राखिएको देआइने छ । केही समयपछि एक रहस्यमयी शक्तिसाली शक्ति (अक्षयकुमार) ले सर्वसाधारणलाई आतंक मच्चाउँछ । उ आफ्नो नोक्सानको बदला पूरा विश्वसँग लिन थाल्छ ।
यो सुपर भिलेनको गतिविधि मोबाइलको माध्यमबाट चल्छ । यसैको माध्यमबाट उसले संसार हल्लाउन खोज्छ । यस्तो अवस्थामा त्यही संग्रहालयमा राखिएको ‘चिट्टी’ को याद आउँछ जसले यो आतंक मच्चाउने सुपर भिलेनसँग भिड्न सकोस् । तर यो लडाइँ सहज छैन । फिल्ममा अहिले मानिस कसरी मोबाइलको गुलाम बन्दैछ भन्ने पनि देखाइएको छ । यो फिल्म मूल रूपमा तमिलमा बनाइएको हो । १४ भाषामा डबिङ गरेर फिल्म रिलिज गरिँदैछ ।
यो भारतीय फिल्म इतिहासको सबैभन्दा महँगो फिल्म हो । साइन्स फिक्सन ‘२.०’ लाई यसका फ्यान कुरिरहेका छन् । फिल्मको ट्रेलर सार्वजनिक भएपछि यसको प्रतीक्षा र दर्शकमाझ कौतोहलता झनै बढेको हो ।फिल्ममा अक्षयकुमार फरक रूपमा देखिनेछन् । फिल्ममा भीएफएक्सको प्रयोग धेरै गरिएको छ । रिलिजभन्दा पहिले नै ‘२.०’ ले प्रभासको ‘बाहुबली २’ को रेकर्ड तोडेको छ । प्रभासको ‘बाहुबली २ द कन्क्लुजन’ २०१७ को सबैभन्दा हिट फिल्म हो । यो फिल्ममा पनि भीएफएक्सको अत्यधिक प्रयोग गरिएको थियो । फिल्मले बक्स अफिसमा कयौं रेकर्ड तोडेको थियो । ‘बाहुबली २’ भारतमा लगभग ६ हजार पाँच सय स्क्रिनमा रिलिज गरिएको थियो ।यो सबैभन्दा ज्यादा स्क्रिनमा रिलिज हुने पहिलो फिल्म बनेको थियो । रिपोर्टअनुसार रजनीकान्तको ‘२.०’ बाहुबलीको रेकर्ड तोड्दै ६ हजार ६ सयदेखि ६ हजार आठ सय स्क्रिनमा रिलिज हुँदैछ ।

Advertisement

Advertisement