मेनुका पौडेलको पहिलो ‘लाइभ कन्सर्ट’को टिकट ‘माइ–पे वालेट’बाट किन्न सकिने

Advertisement

काठमाडौँ । मेनुका पौडेलको आफ्नो पहिलो लाइभ सांगीतिक कार्यक्रम काठमाडौंबाट गर्ने उनको ‘आर्टिस्ट म्यानेजर’ माइ–पे इमेन्ट्सले जनाएको छ । 

तपस्या इन्टरटेन्मेन्टको आयोजनामा नेपालका प्रमुख चार शहरहरुमा फागुन १८ देखि चैत्र १६ सम्म काठमाडौँ, चितवन, पोखरा र इटहरीमा पौडेलको संगितिक कार्यक्रम हुन लागेको हो । 

Advertisement

उनको सम्पूर्ण कार्यक्रमको टिकट अनलाइनबाटै माइ–पे डिजिटल वालेटबाट लिन सकिन्छ । इन्डियन आइडलमा निकै राम्रो प्रस्तुतीबाट चर्चामा आएकी पौडेल यो सांगीतिक टुरको प्रायोजन माइ–पे मनि ट्रान्सफरले गरेको छ । 

आगामी फागुण १८ गते काठमाडौंको क्लब प्लाटिनममा साँझ ७ बजेदेखि कार्यक्रम सुरु हने आयोजकले जनाएको छ । हाल साधारण टिकटको दर रु एक हजार र विशिष्ट टिकटको दर रु. एक हजार पाँच सय राखिएको छ । 

Advertisement

Advertisement