अमेरिकी पूर्व राष्ट्रपति बुशको निधन

Advertisement

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशको ९४ वर्षको उमेरमा निधन भएको छ । बुश सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको ४१ औँ राष्ट्रपति भएका थिए । भएका

बुशलाई दोस्रो कार्यकालको निर्वाचनमा विल क्लिन्टनले पराजित गरेका थिए। तेल व्यापारी समेत रहेका उनी फाइटर विमान चालक समेत हुन्।

राष्ट्रपति बन्नुअघि ८ वर्षसम्म उपराष्ट्रपतिको जिम्मेवारी निर्वाह गरेका बुशले तत्कालीन सोभियत युनियन र अमेरिकाबीचको शितयुद्ध अन्त्य गर्नका लागि महत्वपूर्ण भूमिका खेलेका थिए। उनका छोरा जर्ज डब्लू बुश अमेरिकाको ४३ औं राष्ट्रपति हुन्।

Advertisement

Advertisement

Advertisement