फरक ढंगबाट निर्मलाका लागि न्याय माग्न सुरु

Advertisement

काठमाडौं । र्निमलाका निम्ति न्याय अभियान चलाइरहेका स्वतन्त्र युवा समुहले फरक ढंगले न्यायको माग गरेको छ । निर्मलाको तस्वीर अंकित पोस्टरहरु प्रहरीले च्यातेर फाल्न थालेपछि युवा समुहले आफूले लगाउने ज्याकेट, झोला तथा मोटरसाईकलमा स्टिकर टाँस्न थालेका हुन् ।



समुहले सवारीसाधन, ज्याकेट, क्याप र झोलामा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका स्टिकर टाँस्ने अभियान सुरु गरेको हो । यसो गर्दा प्रहरी च्यातेर फाल्न नसक्ने उनीहरुको ठहर छ ।

समूहले काठमाडौं उपत्यकासहित, कास्कीलगायतका जिल्लाका सार्वजनिक स्थानमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको निर्मला पन्तको तस्वीर अंकित पोस्टर टाँसेको थियो । तर, प्रहरीले पोस्टर च्यात्ने र पोस्टर टाँस्नेहरुलाई पक्रिने गर्दै आएको छ ।

यसअघि यही समूहले काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा राष्ट्रपति विद्यादेवी भण्डारीका लागि भन्दै भीख मागेको थियो । भीख मागेर संकलन भएको रकमले भण्डारीका लागि नमूना गाडी बनाएर दिने तयारी समूहको छ ।



राष्ट्रपतिका लागि १८ करोडको गाडी किन्न लागिएको खबर सार्वजनिक भएलगत्तै व्यंग्यात्मक विरोधस्वरुप नमूना गाडी बनाएर दिन लागिएको हो ।



Advertisement

Advertisement

Advertisement