ट्रम्प र सीबीच ९० दिनका लागि कर हटाउने सहमति

Advertisement

काठमाडौं । चीनीयाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच एक अर्कामाथि लगाइएको कर हटाउने सहमति भएको छ । अर्जेन्टिनामा जारी जी–२० मुलुकको सम्मेलनमा भएको भेटमा उनीहरुबीच यस्तो सहमति भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आगामी जनवरी १ देखि लागु हुनेगरी ९० दिनका लागि कर हटाउन उनीहरुबीच सहमति भएको छ ।

केही महिना यता अमेरिका र चीनबीच व्यापार युद्ध नै भएको विश्लेषकहरु बताउँछन् । अमेरिकाले चीनबाट आयातीत सामानमा करको दर बढाएपछि जवाफस्वरुप चीनले पनि अमेरिकाबाट आयात हुने सामग्रीमा कर बढाएको थियो । यी दुई मुलुकबीच पछिल्लो समयमा कसले कर बढी बनाउने भन्ने प्रतिस्पर्धा नै भएको थियो ।

Advertisement

Advertisement

Advertisement