‘२.०’ को विश्वभरको कमाई सात सय करोड

Advertisement

कठमाडौँ । सुपरस्टार रजनीकान्त र बलिउडका खेलाडी अक्षय कुमारको फिल्म ‘२।०’ ले हरेक दिन नयाँ(नयाँ किर्तिमान रचिरहेको छ । प्रदर्शनको पहिलो हप्तामा नै वर्ल्डवाइड पाँच सय करोडभन्दा बढी कमाई गरेको यो फिल्मले दोस्रो हप्ता पूरा भएसँगै सात सय करोडको आँकडा पनि पार गरेको छ ।

पहिलो र दोस्रो हप्ताको कमाई जोड्ने हो भने फिल्मले विश्वभरबाट कुल ७ सय १० करोड ९८ लाख भारतीय रुपैयाँ छापेको छ । ‘२।०’ ले पहिलो हप्तामा नै प्रभास स्टारर ‘बाहुबली स् द बिगिनिंग’ को लाइफटाइम कमाईको रेकर्ड तोडेको थियो

‘२।०’ को हिन्दी भर्सनको कमाई अहिलेसम्म १ सय ७७ करोड ७५ लाख भएको छ । यो फिल्म बिहीवार २९ नोभेम्बरमा रिलिज भएको थियो । यो फिल्मलाई एस शंकरले निर्देशन गरेका हुन् । वर्ष २०१० मा आएको रजनीकान्त र ऐश्वर्या राय बच्चनको सपरहिट फिल्म ‘रोबोट’ को सिक्वेल हो । यो फिल्ममा रजनीकान्त र अक्षय कुमारका अलावा ऐमी ज्याक्सनको पनि अहम् भूमिका छ ।

Advertisement

Advertisement

Advertisement