सर्वाधिक उचाईमा नृत्य गरेर विश्व कीर्तिमान कायम गरेकी शेर्पालाई गिनिज बुकको प्रमाण–पत्र

Advertisement

काठमाडौं । सर्वाधिक उचाई (सगरमाथाको कालापत्थर)मा नृत्य गरी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल छिरिङ शेर्पाले सोको प्रमाण–पत्र प्राप्त गरेकी छन् । 

सोमबार राष्ट्रपति निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाण–पत्र प्रदान गरे । यही वसन्त ऋतृमा सगरमाथा समेत आरोहण गर्न लागेकी शेर्पा डान्सिङ स्टार्स नेपालकी विजेता पनि हुन् । उनी र कोरियोग्राफर जगदिश गुरुङ (जेडी तमु)ले गत वर्ष मंसिर १ गते सगरमाथाको नजिक पाँच हजार २७८ मिटरको उचाईमा तीन मिनेट तीन सेकन्डसम्म जोडी नृत्य गरेर कीर्तिमान बनाएका थिए ।  

Advertisement

शेर्पाले नेपाल र नेपालको पर्यटन क्षेत्रलाई प्रतिनिधित्व गर्ने उद्देश्यले जातजातिहरुः राई, मगर, लिम्बु, शेर्पा, तामाङ, गुरुङ साथै मारुनी नृत्यलाई मिलाएर गीतमा प्रस्तुती गरेकी थिइन् । शेर्पा समुदायकी पहिलो नायिकासमेत रहेकी उनले आफूहरुले ‘हाइयष्ट अल्टिच्युड कोरिग्राफर डान्स अन ल्यान्ड’ टाइटलमा विश्व रेकर्ड कायम गर्न सफल भएकी थिइन् । शेर्पाले म्युजिक भिडियोहरुमा समेत अभिनय गरेकी छन् । 

Advertisement

Advertisement