पाइपलाइनबाट तेल चोर्ने क्रममा भयानक विष्फोट, ७३ जनाको मृत्यु

Advertisement

मेक्सिको । मेक्सिकोमा पेट्रोलियम पाइपलाइनबाट तेल चोर्ने क्रममा भयानक विष्फोट भएको छ । यस घटनामा कम्तिमा ७३ जना सर्वसाधरणले ज्यान गुमाएका छन् ।

मेक्सिकोमा पाइपलाइनबाट पेट्रोल चोरीको घटना पछिल्लो एक दशकमा अत्याधिक बढेर गएको छ । यो घटनामा मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । घटनामा परेका अझै ८५ मानिसहरु बेपत्ता छन् ।

विष्फोटपछि लागेको आगो नियन्त्रणमा लिइएको छ। यो घटना उत्तरी मेक्सिकोको हिडाल्गो बस्ती क्षेत्रको पाइपलाइनमा भएको हो । मानिसहरुले तेल चोरीका लागि पाइपलाइनमा प्वाल पारेका थिए ।

यो घटना नेपाली समयानुसार शनिबार बिहान हिडाल्गो गाउँमा भएको हो । त्यहाँका गभर्नर उमर फयादका अनुसार स्थानीय मानिस पाइपलाइनबाट तेल चोर्न त्यहाँ जम्मा भएको बेला पाइपलाइनमा भीषण आगो लागेकोे छ ।

Advertisement

Advertisement

Advertisement