धितोपत्र बोर्डले मार्जिन कारोबारको ढोका खोलिदियो, अनुगमनको जिम्मा नेप्सेलाई

Advertisement

काठमाडौं । लगानीकर्ताले सेयर ब्रोकरहरुबाट मार्जिन कारोबार गर्न पाउने भएका छन् । धितोपत्र बोर्डले मार्जिन कारोबार सुविधामा ऋणको ब्याजदर तथा अनुगमन सम्बन्धी व्यवस्था गरेसँगै मार्जिन कारोबारको ढोका खुलेको हो।

धितोपत्र  बोर्डले जारी गरेको निर्देशनमा सेयर ब्रोकरद्वारा आफ्नो ग्राहकलाई उपलब्ध गराउने मार्जिन कारोबारको रकममा आपसी समझदारीका आधारमा व्याजदर निर्धारण गर्न सकिने व्यवस्था गरेको छ तर यस्तो सहमतिको व्याजदर नेप्सेलाई जानकारी गराउनुपर्ने छ।

यस अनुसार धितोपत्र दलालले मार्जिन कारोबार सुविधा उपलब्ध गराए वापत ग्राहकसंग लिने व्याजको दरबारे बोर्ड र नेप्सेलाई पुर्व जानकारी गराउनुपर्नेछ।  धितोपत्र बोर्डले अर्थमन्त्रालय दिएको पुँजी बजारसँग सम्बन्धित  सुझाव कार्यान्वयनको क्रममा यो व्यवस्था कार्यान्वयन गरेको हो । यसअघि मार्जिन कारोबार सुविधा सम्बन्धि कार्यविधि, २०७५ तर्जुमा भएपनि कार्यान्वयनमा आएको भने थिएन । नेप्सेले बोर्डको २०७४ कात्तिक २० गतेको निर्देशनअनुसार कार्यविधि बनाएको थियो ।

Advertisement

Advertisement

Advertisement