जनता बैंकको नाफा ५३ करोड ४ लाख १७ हजार रुपियाँ

Advertisement

काठमाडौं । जनता बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा २५ करोडले बढेर ५३ करोड ४ लाख १७ हजार रुपियाँ नाफा कमाएको छ । बैंकले १ अर्ब ५८ करोड खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकको मुनाफा २७ करोड १७ लाख ३९ हजार रुपियाँ रहेको थियोे ।

जनता बैंकले ६ महिनामा ब्याज आम्दानी ४ अर्ब ५ करोड ५१ लाख १६ हजार रुपियाँ गरेको छ । त्यस्तै ब्याज भुक्तानी २ अर्ब ४७ करोड २९ लाख ३७ हजार रुपियाँ गरेको छ  । यस अनुसार बैंकको खुद ब्याज आम्दानी १ अर्ब ५८ करोड २१ लाख ७८ हजार रुपियाँ हुन बैंकले जनाएको छ ।

बैंकको सुचकको आभारमा पूँजी कोष अनुपात १३ दशमलव ६८ प्रतिशत, खराव कर्जा १ दशमलव ५३ प्रतिशत, कस्ट अफ फण्ड ७ दशमलव ८० प्रतिशत, प्रतिशेयर नेटवर्थ १ सय ३७ रुपियाँ ९८ पैसा र प्रतिशेयर आम्दानी १५ रुपियाँ ८७ पैसा रहेको बैंकले जानकारी दिएको छ

Advertisement

Advertisement

Advertisement