बाग्मती सरसफाइ अभियानको तीन सय औं हप्तामा प्रधानमन्त्री पनि सहभागी हुने

Advertisement

काठमाडौँ ।  ‘स्वच्छता मेरो पहिचान ,सफाइ मेरो योगदान’ भन्ने मूल नाराका साथ बाग्मती सरसफाइ महाअभियानको ३०० औं हप्ता पुगेको अवसरमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ ।

शहरी विकास मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा अगामी शनिबार बिहान ८ः३० बजे बाग्मती मनोहरा दोभानको शङ्खमूल क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा विशेष कार्यक्रम आयोजना गर्न लागेको सामाजिक अभियन्ताले जनाए ।

बाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख आशिष घिमिरेले बागमती सफाई सँगसँगै  हनुमन्ते, बल्खु र नक्खुमा ढल हाल्ने काम भइरहेको जनाए।  उनले भने 'सरसफाई अभियानमा सरकारले बजेट बिनियोजन नगरे पनि सहयोगबाट उठेको रकमले बाग्मती सफाई अभियानमा करिब सात अर्ब रुपियाँ खर्च भइसकेको बताए।'  सरसफाई अभियानमा सामाजिक अभियन्ता, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शिक्षक, विधार्थी, उधोगी, व्यापारी, निजि क्षेत्रमा कार्यरत कर्मचारी तथा विभिन्न कर्मचारीको सहयोगमा हुँदै आएको बताए।

यस अवधिसम्ममा  करीब १८ हजार मेट्रिक टन फोहर उठाइ सकिएकोे छ । अभियानमा  चार सय ५८ वटा सङ्घसंस्था आबद्ध रही बाग्मती सफाई मञ्च गठन भएको  करीब दश लाख स्वयंसेवी परिचालन भएको अधिकारीले बताए।

पत्रकार सम्मेलनमा मन्त्री मोहम्मद इश्तियाक राईले आम नागरिक नेपालीका लागि मुटुमा बगेको नदीलाई सफा, सुग्गर गरि प्राकृतिक नदि बनाउन लागेको बताए। यस अभियानमा जबसम्म आम नागरिकले हातेमालो गर्दैनन् तबसम्म यो अभियान सफल हुँदैन भने।

विसं २०७० जेठ ५ गतेदेखि संस्थागतरूपमा बाग्मती सरसफाइ अभियान शुरु भएको थियो । शुरुको १००औँ हप्तासम्म बाग्मती नदीमा मात्रै केन्द्रीत सफाइ अभियान विस्तार हुँदै विष्णुमती, रुद्रमती (धोबीखोला), नख्खु, कर्मनाशा (कोडकु), इन्द्रमती (बल्खु), मनोहरा, हनुमन्ते नदी तथा चक्रपथ सफाइसम्म विस्तार भएको थियो । २०० औँ हप्तासम्म सुन्दरीजलदेखि चोभारसम्म पदयात्रा तथा अभियानलाई कार्यान्वयन गर्न दशबुँदे घोषणापत्र जारी भएको थियो ।

Advertisement

Advertisement

Advertisement