कामना सेवा विकास बैंकले नेपाल लाईफ इन्स्योरेन्सको बीमा पोलिसि बिक्री गर्ने

Advertisement

काठमाडौं । अब कामना सेवा विकास बैंकका सबै शाखाहरुबाट सहज रुपमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको जीबनबीमा पोलिसिहरु खरिद गर्न सकिने भएको छ ।

बैंक र इन्स्योरेन्सले सेवा आदान प्रदान गर्ने सम्बन्धि सम्झौता गरेका छन् । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र नेपाल लाईफ इन्स्योरेन्सका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले हस्ताक्षर गरे ।

बैंकले हालसम्म देशभर ६३ वटा शाखा तथा १७ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ । साथै बैंकले एबिबिएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सि आस्वा लगायतका माध्यमबाट समेत बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

Advertisement

Advertisement

Advertisement