नेपाल वायुसेवा निगमले एकैपटक माग्यो एक सय ७४ कर्मचारी

Advertisement

काठमाडौं । नेपाल वायु सेवा निगमले विभिन्न पदमा एकैपटक एक सय ७४ जना कर्मचारी माग गरेको छ ।

निगमले सिनियर क्याप्टेनदेखि ग्राउण्ड इक्युप्मेन्ट अपरेटरसम्मका रिक्त पदका लागि निगमले शुक्रबार खुला विज्ञापन आह्वान गरेको हो । निगमले सबैभन्दा बढी वरिष्ठ सहायकमा ३४ जना कर्मचारी माग गरेको छ । त्यस्तै, सहायकमा १८ र जुनियर क्याप्टेनमा १५ जना कर्मचारी माग गरिएको छ । पाइलट अभाव झेल्दै आएको निगमले तह नौको सिनियर क्याप्टेन १३ जनाका लागि विज्ञापन आह्वान गरेको छ ।

निगमले दरखास्तका लागि आह्वान फागुन १० गतेबाट २१ दिनसम्म म्याद दिएको छ ।

 

Advertisement

Advertisement