महिला सहयात्रा ‘खालिफा ग्लोवल अवार्ड’बाट सम्मानित

Advertisement

काठमाडौं । महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाले ‘खालिफा ग्लोवल अवार्ड’बाट सम्मानित भएको छ ।

विभिन्न देशका १८ सय ८७ का प्रतिश्पर्धिहरुका विच सार्वजनिक संस्था, निजी, गैर सरकारी र स्वतन्त्र गरी चार विधामा बाँडिएको अवार्डमा महिला सहयात्राले ‘राजकुमारी सविका अब्राहिम अल–खालिफा ग्लोवल अवार्ड’ पाएर सम्मानित भएको हो । मार्च ११,२०१९ मा संयुक्त राष्ट्र संघको महिलाहरुको अवस्था सम्वन्धी ६३ औं महासभामा एक समारोहबीच उक्त अवार्ड संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. सुमित्रा मानन्धर गुरुङले उक्त अवार्ड हात पारेकी हुन् ।

नेपालका अति दुर्गम र पिछडिएको क्षेत्रका २८ हजारभन्दा बढी महिलाहरुकाबीच लघुवित्त सेवाका साथै लघुउद्यम विकास सेवा मार्फत समुदायको आर्थिक तथा सामाजिक विकास कार्यमा यस संस्थाले सक्रिय रुपमा काम गर्दै आएको दावी गरेको छ ।

संस्थाको स्थापनाकालदेखि छैटौं वर्षसम्ममा आइपुग्दा २६ वटा शाखा सञ्चालनमा आएका छन् । जसमध्य २१ वटा शाखाहरु नेपालका अति विकट ठाउँमा रहेको संस्थाले जनाएको छ ।

हाल यस संस्थाले लघुवित्त सेवाका अतिरिक्त सिप विकास तालिम तथा बजारीकरणका लागि पनि काम गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement