सुरुङमार्गमा स्वीस सरकारको विशेष अनुभव छ, हामी प्रयोग गर्न चाहान्छौंः अर्थमन्त्री

Advertisement

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले स्वीस डेभलपमेन्ट कोअपरेशन एजेन्सीका महानिर्देशक एचई मेनुएर सागरसँग बिहीबार भएको भेटमा आफूहरुले सुरुङमार्ग निर्माणमा रहेको स्वीस सरकारको अनुभव प्रयोग गर्न चाहेको बताएका छन् ।

अर्थ मन्त्रालयमा भएको भेटमा खतिवडाले विशेषगरी यातायात तथा सुरुङमार्ग निर्माणमा स्वीस सरकारको विशेष दक्षता र अनुभव रहेकोले सो प्रविधिलाई नेपालमा प्रयोग गर्न चाहेको बताएका हुन् ।

उनले नेपाल सरकारले प्रस्तावित गरेका दुई सुरुङमार्गको निर्माणलाई द्रुतगतिमा अगाडी बढाउन स्वीस सरकारसँग विशेष आग्रह गरे । खतिवडाले भेटमा नेपालमा स्वीस सरकारको थप सहयोगका क्षेत्रहरु बारे पनि कुरा राखेको अर्थ मन्त्रालयले जनाएको छ ।

महानिर्देशक सागरले नेपालले राजनीतिक स्थिरता प्राप्त गर्न सफल भएको तथा नयाँ संविधान कार्यान्वयनको चरणबारे कुरा गरेका थिए । उनले नेपालको भौगोलिक विविधताका कारण प्राप्त गर्न सक्ने लाभका क्षेत्रहरुमा आगामी दिनहरुमा पनि सहयोगको निरन्तरता रहने बताए ।

Advertisement

Advertisement

Advertisement