नयाँ संस्करणको फोर्ड फिगो बजारमा, चार मोडल तथा सात रङ्गहरुमा उपलब्ध हुने

Advertisement

काठमाडौं।  फोर्डले २०१९ संस्करणको नयाँ गाडी 'फोर्ड फिगो'  बजारमा ल्याएको छ। कम्पलीले आधुनिक जीवनस्तरलाई ध्यानमा राखी मौलिक स्टायल, शक्तिशाली इन्जिन, मितव्ययी र आरामदायी यात्रालाई अझ परिमार्जित गरी नयाँ संस्करणको फोर्ड फिगोलाई नेपाली बजारमा ल्याएको जनाएको हो।

कम्पनीका अनुसार नयाँ शक्तिशाली इन्जिन र १२०० भन्दा बढी ठूलो सानो परिवर्तन, आकर्षक डिजाइन, अगाडी र पछाडीको भागमा परिमार्जनका साथ उत्कृष्ट र आरामदायी भित्री बनोट तथा ब्राण्ड न्यु इन्टिरियेर जस्ता फिगोका आकर्षक विशेषता छन्।

नयाँ फिगो रमाइलो र आरामदायी सवारीको मौलिकतालाई अझ बढी उजागर गर्दै नयाँ १.२ लि. पेट्रोल र १.५ लि. डिजेल इन्जिनका साथ आफ्नो श्रेणी मा नै उत्कृष्ट शक्तिशाली इन्जिन, सुरक्षित प्रविधि, उत्कृष्ट ग्राउन्ड क्लियरेन्स र कनेक्टीभिटी र मनोरञ्जनका लागि ७ इन्च टचस्क्रीन, पूर्णतया सन्तुष्टि तथा अद्भुत मितव्ययी स्वामित्वता, फोर्ड फिगो अति लोकप्रिय तथा विश्वासिलो हुने कम्पनीले जनाएको छ।नयाँ संस्करणको फोर्ड फिगोको नेपालमा सुरुवाती मूल्य २४ लाख ९९ हजार पर्ने कम्पनीले जनाएको छ ।

१२०० भन्दा बढी सुक्ष्म तथा ठूला परिवर्तन तथा परिमार्जनका साथ आकर्षक बाहिरी र आरमदायी भित्री बनावट, सुरक्षा सम्बन्धि उत्कृष्ट प्रविधि शक्तिशाली इन्जिन फोर्ड फिगोको सवारीलाई अझ बढी उत्कृष्ट र रमाइलो बनाइने विश्वास लिइएको छ। नयाँ फोर्ड फिगो दुई इन्जिन प्रकार र चार मोडल तथा सात रङ्गहरुमा उपलब्ध हुनेछ।

 

Advertisement

Advertisement

Advertisement