हिमाल अस्पतालमा सिटिजन्स बैंकले सन्चालन गर्‍यो एटीएम

Advertisement

काठमाडौँ । काठमाडौंको ज्ञानेश्वरस्थित हिमाल हस्पिटलमा सिटिजन्स बैंक इन्टरनेसनलले एटीएम सेवा शुभारम्भ गरेको छ । बैंकको १२ औँ वार्षिकोत्सवको उपलक्ष्यमा प्रमुख कार्यकारी अधिकृत गणेश राजपोखरेल तथा हिमाल हस्पिटलका अध्यक्ष लोक बिक्रम थापाले संयुक्त रूपमा उक्त एटीएम सेवाको उद्घाटन गरेका हुन् ।

एटिएम सन्चालन गर्दा हस्पिटलका सेवाग्राही तथा ज्ञानेश्वर क्षेत्र र वरपरका जनता निकै लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यस बैंकले आर्थिक वर्ष ०७५।७६ को तेस्रो त्रयमाससम्ममा ६८ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरी ६३ अर्ब ५९ करोड रुपैयाँ कर्जा प्रवाह गरी सोही अवधिभित्र १ अर्ब ४९ करोड १४ लाख सञ्चालन मुनाफा १ अर्ब ६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेकोे छ जुन गतवर्ष सोही अवधिको तुलनामा क्रमशः ४ । ०२ प्रतिशत र ५।९१ प्रतिशतले वृद्धि भएको पनि बैंकले जनाएको छ।

Advertisement

Advertisement

Advertisement