निफ्राको खुद मुनाफा १५ प्रतिशतले घट्यो, वितरणयोग्य मुनाफा ४८ करोड

Advertisement

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद मुनाफा १५.०२ प्रतिशतले घटेको छ । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै बैंकको खुद नाफा घटेको हो । 

बैंकले शुक्रबार सार्वजनिक गरेको उक्त अवधिको अपरिष्कृत वित्तीय विवरणमा चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा उसको खुद नाफा ९८ करोड ७३ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा निफ्राले एक अर्ब १६ करोड १८ लाख रुपियाँ खुद नाफा कमाएको थियो।

Advertisement

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.५७ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ६३.२८ प्रतिशत घटेको छ भने कुल सञ्चालन आम्दानी ३.०९ प्रतिशत र सञ्चालन मुनाफा १४.९९ प्रतिशत घटेको छ।

गएको चैत मसान्तसम्मको बैंकको वितरणयोग्य मुनाफा ४७ करोड ८८ लाख रुपियाँ रहेको छ । त्यस्तै, प्रतिशेयर वितरणयोग्य मुनाफा २ रुपियाँ ९६ पैसा रहेको छ । चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी ६ रुपियाँ ९ पैसा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३४.४६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११० रुपियाँ ६५ पैसा रहेको छ।

Advertisement