निसान मोटर्सका पूर्वअध्यक्ष कार्लोस घोससँग ४.५ मिलियन डलर धरौटी माग

Advertisement

काठमाडौं । निसान मोटर्सका पूर्वअध्यक्ष कार्लोस घोससँग जापानको अदालतले ४.५ मिलियन डलर धरौटी मागेको छ । उनी अघिल्लो पटक कम्पनीको कम आम्दानी देखाएर भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका थिए ।

कम्पनीको कम आम्दानी देखाएर भ्रष्टाचार गरेको आरोपमा पहिलो पटक पक्राउ परेका थिए ।१९ नोभेम्बर सन् २०१८ मा पक्राउ परेका उनी १०८ दिन जेलमा बसेपछि ६ मार्च २०१९ मा सशर्त धरौटीमा रिहा भएका थिए ।

टोक्योको अदालतद्वारा जारी विज्ञप्ति अनुसार उनीसँग ५ सय मिलियन जापानिज ऐन (४.५ मिलियन डलर) धरौटी माग गरिएको जापानी एजेन्सीले जनाएको छ ।

निसान मोटर्सका पूर्वअध्यक्ष कार्लोस घोस पुनः पक्राउ परेका छन् । कार्लोसले भने आफूमाथि लगाइएका सबै आरोपहरुको खण्डन गर्दै आएका छन् । कार्लोस घोस फ्रान्सको अटो कम्पनी रेनोको पनि अध्यक्ष र कार्यकारी प्रमुख अधिकृत (सीईओ) थिए । कार्लोस जापानका टप सीईओहरुमध्ये एक हुन् ।

सन् १९९९ मा रेनोले निसानको शेयर खरिद गरेको थियो । त्यसपछि कार्लोस निसानसँग जोडिए र सन् २००१ मा सीईओ बन्न सफल भए । निसान कम्पनी धरासायी हुनबाट जोगाएको श्रेय कार्लोसलाई नै जान्छ ।

Advertisement

Advertisement