बीमा सेवा सञ्चालनका लागि गण्डकी विकास बैंक र महालक्ष्मी लाईफबीच सम्झौता

Advertisement

काठमाडौं । गण्डकी विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौताअनुसार गण्डकी विकास बैंकले देशभर रहेका आफ्ना ७७ शाखाबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ।

सम्झौतापत्रमा गण्डकी विकास बैंक प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा र महालक्ष्मी लाईफ प्रमुख कार्यकारी अधिकृत रमेश भट्टराईले हस्ताक्षर गरे । महालक्ष्मीले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै गएको माघ २७ गतेबाट कान्छो बीमा कम्पनीको रुपमा कारोबार सुरु गरेको हो ।

Advertisement

Advertisement

Advertisement