‘कर्पोरेट नेपाल’ आजबाट पाँचौं बर्षमा

Advertisement

काठमाडौं । बिजकेयर नेपाल प्रालिद्धारा सञ्चालित आर्थिक अनलाइन पोर्टल स्थापनाको पाँचौं बर्षमा प्रवेश गरेको छ । कम्पनीले कमलादीस्थित आफ्नो कार्यालयमा आज एक कार्यक्रमको आयोजना गरी आफ्नो बार्षिकोत्सव मनायो ।

कर्पोरेट नेपालका संस्थापक सीताराम विलासीले केक काटेर कार्यक्रमको शुभारम्भ गरेका थिए । कम्पनीले आगामी एक बर्षभित्रमा आर्थिक मिडियाहरुमा आफूलाई अग्रणी मिडियाको रुपमा स्थापित गर्ने रणनीति तय गरेको छ ।

बिगत तीन बर्षभन्दा बढि समयदेखि ‘कर्पोरेट नेपाल’ नामको टेलिभिजन कार्यक्रमसमेत सञ्चालन गर्दै आएको बिजकेयर नेपाल प्रालिले चाँडै नै पत्रिका समेत प्रकाशनको तयारी गर्नुका साथै अन्य नविन प्रोडक्टहरुसमेत सुरु गर्ने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement