महालक्ष्मी विकास बैंकको शाखा मैतिदेवीमा

Advertisement

काठमाडौँ । महालक्ष्मी विकास बैंकले काठमाडौँ महानगरपालिका वडा नं ३० को मैतिदेवीमा शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । बैंकले देशभर आफ्नो सेवा विस्तार गर्दै लाने क्रममा सो शाखा विस्तार गरेको हो ।

उद्घाटन कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले बैंकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिबद्धता जनाएका थिए।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा ९३ वटा शाखा तथा ३५ वटा एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको बैंकको ग्राहक संख्या चार लाख ५० हजार भन्दा बढी रहेको छ।

Advertisement

Advertisement

Advertisement