दिव्यश्वरी हाइड्रोपावरको घाटा २ करोडभन्दा बढी

Advertisement

काठमाडौं । दिव्यश्वरी हाइड्रोपावरले चालु आर्थिक वर्षको तीन मअिहनासम्ममा २ करोड ६ लाख खुद नोक्सान भएको वित्तीय विवरण सार्वजनिक गरेको छ। गत आवको यसै अवधिमा हाइड्रोपावरले एक करोड ९९ लाख रुपियाँ बराबरको खुद नोक्सानी बेहोरेको थियो । विद्युत बिक्रीको आम्दानी बढेपनि हाइड्रोपावरको खुद नोक्सानी गत वर्षको यसै अवधिको तुलनामा ३.५९ प्रतिशतले बढेको हो ।

गत आवको यसै अवधिमा ४ लाख ५८ हजार ह्रासकट्टी शिर्षकमा खर्च गरेको हाइड्रोपावरको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा उक्त खर्च बढेर २ करोड ३३ लाख रुपियाँ पुगेको छ । त्यसैगरी वित्तीय खर्च ५६.९५ प्रतिशतले बढेर ३ करोड ४५ लाखबाट ५ करोड ४१ लाख रुपियाँ पुगेको छ । विद्युत बिक्री मार्फतको आम्दानी बढेपनि ह्रासकट्टी खर्च र वित्तीय खर्च बढ्दा कम्पनीको खुद नोक्सानी बढेको देखिन्छ ।

हाइड्रोपावरको चुक्ता पूँजी २६ करोड ४० लाख रुपियाँ रहेको छ । हाइड्रोपावरको जगेडा कोष तथा सञ्चित नोक्सानी ११ करोड ८८ लाख रुपियाँले ऋणात्मक रहेको छ । गत वर्षको यसै अवधिमा हाइड्रोपावरको जगेडा कोष ५ करोड २३ लाख रुपियाँले ऋणात्मक थियो ।

हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा विद्युत बिक्री मार्फत ६ करोड ८० लाख रुपियाँ आम्दानी गरेको छ । गत वर्ष हाइड्रोपावरले विद्युत विक्री मार्फत् ३ करोड २७ लाख रुपियाँ आम्दानी गरेको थियो । यो गत वर्षको यसै अवधिको तुलनामा १०७.६९ प्रतिशतले धेरै हो ।

प्रतिसेयर आम्दानी १० रुपियाँ ४२ पैसा नोक्सानीमा रहेको हाइड्रोपावरको प्रतिशेयर नेटवर्थ ५५ रुपियाँ छ ।

Advertisement

Advertisement

Advertisement