सिप्रदियन सहायता संस्थाद्वारा विद्यालय भवन मर्मतका लागि पाँच लाख आर्थिक सहयोग

Advertisement

काठमाडौं । सिप्रदी कम्पनीजको सामाजिक उत्तरदायी संस्था सिप्रदीयन सहायता संस्थाद्वारा पर्वत जिल्लामा अवस्थित श्री तुलोदय माध्यमिक विद्यालयलाई बिद्यालय भवन मर्मतका लागि रु. ५ लाख बराबरको आर्थिक सहयोग प्रदान गरिएको छ । 

उक्त सहयोग हस्तान्तरण कार्यक्रम सिप्रदीयन सहायता संस्थाको कार्यसमिति सदस्य शारदा राणा तथा संस्थाका आजिवन सदस्य सावन्तजंग सिजापति तथा संस्थाको प्रतिनिधिहरु रजत श्रेष्ठ र बिमल गौतमको उपस्थितिमा विद्यालयको व्यवस्थापन समिति अध्यक्ष बिशाल महतलाई हस्तान्तण गरियोे । 

Advertisement

सिप्रदीयन सहायता संस्था एक लाभ निरपेक्ष, गैरसरकारी तथा अराजनैतिक सामाजिक संस्था हो । यो संस्था सन् २०१२ देखि क्रियाशील रहेको छ । यस संस्थाको स्थापना सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेडद्वारा कम्पनीको सामाजिक उत्तरदायित्व कार्यान्वयनका लागि गरिएको हो । यस संस्थाले योग्य तर आर्थिक रुपमा विपन्न बालबालिकालाई छात्रवृत्ति प्रदान गर्छ तथा दुर्गम क्षेत्रमा प्रौढ शिक्षाको विकासमा सहयोग गर्दै शिक्षाको क्षेत्रमा सहायता प्रदान गर्ने ध्येय राखेको छ । 

साथै संस्थाले वृद्ध नागरिकहरु, नाबालक टुहुराहरु तथा भिन्न क्षमता भएका व्यक्तिहरुलाई हरतरहबाट सेवा पुर्याउने निष्ठा राखेको छ । यसको अलावा संस्थाले प्राकृतिक विपत्ति तथा दैविक प्रकोपबाट पीडित जनताको आपत्कालीन उद्धार, सहयोग तथा पूनव्र्यवस्थापन सम्बन्धी कार्यमा सहयोग गर्दै आएको छ ।


 

Advertisement

Advertisement